Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

थाहानगरमा विनयबाबु बस्नेत स्मृति भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने

Binaya-1540133431.jpg

मकवानपुर थाहा नगरपालिकामा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७५ हुन लागेको हो । यहि १९ कात्तिकदेखि २१ सम्म थाहानगरको फाँटबजारमा हुने प्रतियोगितको तयारी तिब्र पारिएको छ । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । 
रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । 
प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय भएको छ । प्रतियोगितालाई भव्यताकोसाथ संचालन गर्नको लागि विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले प्रतियोगितामा भाग लिन सम्पूर्ण क्लब तथा समूहलाई अनुरोध गरेका छन् । 

प्रतियोगिताको अफिसियल मिडिया विकास खबरपत्रिका र विकासखबर डटकम रहेको छ । 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा...
P3-1542204996.jpg