Monday, 18th December, 2017
वि.स.

थाहा नगरपालिका प्रतिपक्षबिहिन ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा हुनेवाला थिएन । जस्तोकि यसअघिको स्थानीय निर्वाचनमा थाहामा काँग्रेस–माओवादी तालमेलले पनि त्यति हलचल पैदा भएको थिएन । उनीहरुको संयुक्त चुनावी सभासमेत भएन र आआफ्नो ढंगले तर गठबन्धनकै पक्षमा मत मागिएको थियो । 

केन्द्रीय दृष्टिकोण यो वा त्यो जे भएपनि थाहानगरमा पहिलेदेखि नै माओवादीले एमालेलाई हेर्ने समग्र दृष्टिकोण राम्रो थिएन । एमाले पनि माओवादीसँग भन्दा जनमोर्चासँग सहकार्य गर्न बढी रुचाउँथ्यो । गाविसबाट नगरपालिका बनेपछि नगरपालिकाको विकासका एजेण्डाहरुमा पनि यी दुई पार्टीको मत फरक–फरक हुने गरेको थियो । यसो हुनुका पछाडि मुख्य कारण यी दुबै पार्टीका पछाडि एउटा खास जनमत थियो । दुबैको कार्यशैली, स्कुलिङ फरक थियो । पालुङ क्याम्पसको स्ववियु निर्वाचनमा माओवादी, काँग्रेस र जनमोर्चा एकातिर र एमाले र नयाँ शक्ति नेपाल अर्कातिर भएपछि त्यसले पनि माओवादी–एमाले सम्बन्धमा थप चिसो पसेको थियो । 

मुख्य प्रतिष्पर्धामा रहेको माओवादीसँग काँग्रेस पनि मिसिएपछि नगरसभाको चुनावमा एमाले एक्लै लडेको थियो । यसले काँग्रेसलाई हँसिया हथौडामा र माओवादीलाई रुखमा भोट हाल्ने मन नहुँदा नहुँदै पनि एमालेसँगको तिक्तताको कारण सम्भव या वाध्य बनाएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताहरुको टाउकाको मोल तोक्ने बेला थाहानगरका हालका कतिपय माओवादी कार्यकर्ताहरु संयुक्त जनमोर्चा वा जनमोर्चा नेपालमै थिए । त्यसैले सरकारका रुपमा काँग्रेस र लडाकूका रुपमा माओवादी थाहानगरमा आमनेसामने पनि हुनु परेको थिएन । यसले  पनि एमालेको विपक्षमा माओवादी–काग्रेस एक ठाउँमा उभिन खासै समस्या भएको थिएन । त्यसमाथि जिल्ला सर्कुलर त मान्नैप¥यो किनकि स्थानीय तह निर्वाचनमा माओवादीले हेटौंडानगर काँग्रेसलाई छोडिसकेको थियो । अर्कातिर नयाँशक्ति पार्टी बनेपछि केही नेता तथा कार्यकर्ता उतै लागेपछि माओवादी र नयाँशक्ति पार्टीबीच पनि सम्बन्ध समुधुर बन्न सकेको थिएन ।

हाल एकाएक एमाले–माओवादी–नयाँशक्ति पार्टी चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै पक्षमा सहमतिमा आएर एउटै मञ्चमा उभिएपछि यसले थाहानगरमा एकातिर उनीहरुका नगरभन्दा तल्लो तहका कार्यकर्ता बीच नै एकले अर्कालाई कसरी स्वीकार्ने भन्ने अभिव्यक्ति दिन थालेका छन् । ३ वटै पार्टीका नगरस्तरका नेताहरु भने मौन छन् र आ–आफ्नो पार्टीको केन्द्र र जिल्लाको सर्कुलर कुरेर बसेका छन् । अन्ततः कसैले नचाहेर पनि अब थाहानगरमा समेत यी तीन पार्टीको गठबन्धन त बन्ने नै छ । तर, थाहा नगरपालिकामा जनप्रतिनिधि हेर्दा अब मिल्दै गरेको एमाले–माओवादी र माओवादीसँगै मिलेर जनप्रतिनिधि पाएको काँग्रेसको उपस्थिति रहेकोले लगभग व्यवहारमा थाहानगरपालिका प्रतिपक्षविहिन हुने देखिन्छ ।

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg