Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

थाहा नगरमा महिला डकर्मीको सक्रियता बढ्दो

33791080_2061340377419791-1527500839.jpg

महिला भन्ने बितिक्कै एक्काईसौँ शताब्दीमा पनि चुलोचौको र घरायसी काममा ब्यस्त हुने मानिस हो भन्ने मानसिकता जिवितै छ । महिलाले चुलो र चौको छाडेर बाहिरी काम तथा कार्यक्रममा जान सक्दैनन् भन्ने मानसिकताले शिक्षित तथा अशिक्षित जो सुकै महिलाहरु पनि घरायसी कामबाट बाहिर आउन नसकेको अवस्थामा थाहा नगरमा भने ७ (सात) दिने डकर्मी तालिम लिन महिलाहरु सक्रिय भएर तालिममा सहभागी भएका छन् । हाल थाहा नगरपालिकामा यहि जेठबाट सुरुभएको ७ दिने डकर्मी तालिमहरुमा महिलाहरुको उलेख्य सहभागिता देखिएको हो ।

आफुहरु महिलाले केही गर्न सकिदैन भन्ने मानिसको मानसिकतालाई तोड्नको लागि डकर्मी तालिममा आएको थाहा नगरपालिका ३ पालुङ क्याम्पसमा सञ्चालन भैरहेको ७ दिने डकर्मी तालिमका महिला डकर्मीहरुले बताए । आफ्नो घर निर्माण गर्न र अरुको घर, भवन निर्माणमा समेत सहज हुने र कस्तो प्रक्रिया अपनाएमा भुकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्नेबारे जानकारी भयो भने बलियो घर बनाउन सकिन्छ भनेर तालिममा आएको थाहा नगरपालिका वडा नं ३ का महिला सिता बिष्टले बताइन । 


तालिमबाट गारो लगाउन, सिमेन्ट घोल्न लगायतका कुराहरु सिकेको महिला डकर्मीहरु मेनुका बिष्ट, बिनिता थापा, सुमित्रा बिष्ट, लक्ष्मी बिष्टले बताइन् । उनीहरुका अनुसार गर्यो भने जे पनि गर्न सक्छ महिलाले भन्ने धारणको बिकास गर्ने उदेश्यले आफुहरु संकुचित मानसिकता हटाउदै तालिममा आएको बताएका छन । बिद्यालय जादै गरेका दुई किशोरी स्मृति बिष्ट र संगिता बिष्ट पनि पढाई संगै डकर्मी काम पनि गर्ने योजनाको साथ तालिममा आएको सुनाइन् । 

थाहा नगरपालिका ३ मा सञ्चालन भै रहेको तालिममा जम्मा ३० जना मध्ये करिब १८ जना महिलाहरु सहभागी भएका छन भने थाहा ४ बिकासघरमा सञ्चालन भैरहेको तालिममा भने ३ जना महिलाहरु सहभागी भएका छन । थाहा ४ का महिला डकर्मी नानु पन्त र भवना कार्की भने ३० जना मध्ये ३ जना मात्र महिला डकर्मीहरु तालिममा सहभागी भए पनि कुनै अप्थ्यारो नलागेको बताउछिन । तालिमले आफ्नो साथै अरुको घर पनि भुकम्प प्रतिरोधी बनाउन सघाउ पुग्ने उनीहरुको बुझाइ रहेको छ ।

थाहा नगरका स्थानिय र डकर्मीहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणको लागि सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले भुकम्प पुर्न्निर्माण जिल्ला कार्यान्वयन इकाई मकवानपुरको आयोजनामा ७ दिने तालिम  सञ्चालन भएको हो । हाल थाहा नगरपालिकाको ३ बिभिन्न स्थानहरुमा डकर्मी तालिम सञ्चालन भैरहेको छ । थाहा नगरपालिकाको वडा नं ३ को थाहा नगरपालिकाको पालुङ क्याम्पसमा जेठ ८ गते देखि १४ गते सम्म, वडा नं ४ मा जेठ १० गते देखि १६ गते सम्मका लागि सञ्चालन भैरहेको छ भने वडा नं ११ र १२ को टिस्टुङमा जेठ ६ गते देखि १२ गते सम्म तालिम सञ्चालन भै सम्पन्न भैसकेको छ ।


 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG