Thursday, 22nd February, 2018
वि.स.

दामन आधुनिक सहर, टिष्टुङ कुलेखानी राजधानीको उपशहरः वाम घोषणा पत्र

DSC_0004-1510237970.JPG

उत्तरी मकवानपुरको दामनलाई स्मार्ट सिटीसंगै नयाँ शहरको रुपमा विकास गरिने भएको छ । संयुक्त वाम गठवन्धनको चुनावी घोषणा पत्रमा यो कुरा उल्लेख गरिएको हो । घोषणा पत्रमा दामन लगायतका स्थानलाइ आधुनिक शहरका रुपमा विकास गरि स्मार्ट सिटी बनाउने उल्लेख छ । एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 

घोषण पत्रमा हुलाकी राजमार्गका नयाँ स्थानमा १० वटा , पूर्व पश्चिीम राजमार्गका किनारमा थप १० वटा, भित्री तराई राजमार्गका विभिन्न स्थानमा १० ओटा , पुष्पलाल मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा आधुनीक शहरको विकास गरिने उल्लेख छ । आधुनीक नयाँ शहर स्थापना गरिनुका साथै सबै शहरका केन्द्रमा स्मार्ट सिटी विकास गरिने उल्लेख छ ।  मस्याङ्दी उपत्यका, इलाम, अरुण उपत्यका, दामन, वालिङ, लुम्बिीनी, जुम्ला, डँडेलधुरा, साँफेबगर लगायतका स्थानमा घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।

त्यस्तै घोषणा पत्रमा स्वच्छ, सुन्दर र आधुनीक राजधानी अन्तर्गत उपत्यका लगायत टिष्टुङ, कुलेखानी, बैरेनी र नौबीसे त्रिशुली उपत्यका, मेलम्ची इन्द्रवती उपत्यका र दोलालघाट, पाँचखाल, भकुण्डेवेशी, बनेपा, धुलीखेल र पनौती सहित समावेश गरी वृहत्तर राजधानी उपशहर क्षेत्र विकास गरिने उल्लेख छ । 

यस्तै हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ । ‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा उल्लेख छ, ‘काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ । 

काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’ राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने प्रण घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ । 

प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ’ घोषणा पत्रमा उल्लेख छ 

-दामन पोष्टबाट

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg