Tuesday, 23rd January, 2018
वि.स.

नाजुक अवस्थामा दामन भ्युटावरको टेण्डर

DSCN2000-1505383959.JPG

पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व राख्ने दामनको भ्युटावर स्थानीय तहको भोकाधिकारमा आएपछि टेण्डर आव्हान हुँदैछ । करिब ६० वर्षको इतिहास बोकेको भ्युटावरको अवस्था भने निक्कै नाजुक छ । 

त्रिभुवन राजपथ निर्माणका क्रममा भारतीय इन्जिनियरहरुले निर्माण गरेको भ्युटावर पछिल्लो समय जिल्ला विकास समिति मकवानपुरको भोकाधिकारमा थियो । जिल्ला विकास समितिले निजी क्षेत्रबाट टेण्डर आव्हान गरेपछि स्टेप नेपाल नामको गैरसरकारी संस्थाले वार्षिक ३ लाख ७७ हजार ७ सय ७७ रुपियाँमा संचालनको जिम्मा पाएको थियो । स्टेप नेपालले जिविसलाई भाडा वापतको रकम भुक्तानी नगरेपछि ठेकेदार लवशेर विष्टलाई सञ्चालनको जिम्मेवारी दिइएको थियो ।  

२०७२ बैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको भन्दै लामो समय बन्द गरिएको भ्युटावर क्षेत्रभित्र पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि यो १० वर्षमा करिब ३७ लाख रुपियाँ जिविसले लगानी गरिसकेको छ । स्टेप नेपालको जिम्मामा रहँदा सेमिनार हल निर्माणका लागि जिविसबाट ७ लाख रुपियाँ र पछिल्लो समय मर्मत तथा पूर्वाधार निर्माणका लागि १२ लाख रुपियाँ र १८ लाख रुपियाँ गरी करिब ३७ लाख रुयियाँ जिविसको लगानी गरिसकेको जिविस श्रोतले बताएको छ । 

केहि एटेच समेत गरी १३ वटा कोठा, भ्युटावर, सेमिनार हल, सामुहिक बेडरुम, भान्छा १, रिसेप्सन १, बाहिरी शौचालय ३, गार्ड कक्ष १ समेतको संरचना रहेको भ्युटावर क्षेत्र अहिले अस्तव्यस्त अवस्थामा छ । जिल्ला समन्वय समितिबाट थाहा नगरपालिकाको स्वामित्वमा आइसकेपछि टेण्डरको तयारी गरेपनि ठेकेदार कम्पनीसँग त्यहाँ रहेका भौतिक पूर्वाधार तथा जिन्सी विवरण आधिकारिक हस्तान्तरण भने भएको छैन । ‘बाहिरबाट रङरोगनले राम्रो देखेपनि हरेक कोठाहरुमा रहेका बेडहरु व्यवसायिक आधारले काम लाग्ने खालका छैनन् । सबै कोठाहरुमा ढुसी गनाएका छन् । कुर्ची तथा फर्निचरहरु अस्तव्यस्त छन् । शौचालयका ढोकामा खापा छैन । जताततै झार उम्रिएका छन् ।’ बुधबार स्थलगत अवलोकनपछि नेकपा एमाले नगर कमिटीका निवर्तमान अध्यक्ष अच्युत्तम प्रसाद ढकालले बताए । 
    दामन भ्युटावर एण्ड रिसोर्ट नाम रहेपनि मकवानपुरका लागि भने यो ऐतिहासिक पर्यटकीय गन्तव्य हो । अहिलेका इन्जिनियरहरु समेत चकित पर्ने गरी पूर्वाधार बनेको यो टावर व्यवसायिक रुपले मात्र होइन, थाहानगरको परिचयका लागि पनि उत्तिकै महत्वपूर्ण छ । भ्युटावरबाट नगरले कति आम्दानी गर्ने भन्दा पनि यसको व्यवस्थापन कसरी राम्रो गर्ने भन्ने चुनौति प्रमुख हो । भ्युटावरका नामले दामन भित्रिने पर्यटकहरुबाट अन्यत्रका व्यवसायीहरुले समेत फाइदा लिनेछन् । त्यसको अहिलेको अस्तव्यस्त व्यवस्थापन होइन, सुविधायुक्त उत्कृष्ट व्यवस्थापनको खाँचो छ । 
    नगरपालिका स्रोतका अनुसार वार्षिक न्यूनतम साँढे पाँच लाख रुपियाँमा पाँच वर्षसम्मका लागि टेण्डर आव्हान गरिँदैछ । स्थलगत अवलोकन गर्दा यसलाई रिसोर्टको हैसियत बनाउन कम्तिमा २५ लाख रुपियाँ व्यवसायीले लगानी गर्नु पर्ने देखिन्छ । जम्मा पाँच वर्षका लागि ठेक्कामा लिने व्यवसायीले अब अहिलेकै अवस्थामा भ्युटावर संचालन गर्ला वा २५ लाख रुपियाँ लगानी गर्ला ? यो चासो र चिन्ताको विषय हो । तत्कालीन अवस्थामा जिविसले तत्कालीन दामन गाविसलाई संचालनको जिम्मा दिँदा पनि नाजुक अवस्थामा गुज्रिएको थियो । व्यवसायीले वार्षिक रुपमा बुझाउने भाडाभन्दा पनि टावरको अवस्थालाई स्तरोन्नति गर्नु पर्ने प्रमुख मापदण्ड बनाउन आवश्यक छ । त्यहाँका कोठाहरुको अवस्थालाई सुधार गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी सोहि अनुसारका बेडहरु राखिन आवश्यक छ । नगरले न्यूनतम भाडा लिए पनि ठेकेदार कम्पनीसँग टावरको स्तरोन्नति, दररेट, वातावरणीय अवस्था, फूल तथा बगैँचा, टेलिस्कोप लगायतमा ठेकेदार कम्पनीले कसरी लगानी गर्ने भन्ने विषयलाई प्राथमिकता दिइनु पर्छ । तर, व्यवसायीले यी शर्तहरु मान्न ५ वर्ष समयसीमा स्वीकार गर्लान् कि नगर्लान् ? 
    हालै मात्र नगरको स्वामित्वमा आएको भ्युटावर संचालनका लागि गोप्य रुपले एउटा समूह क्रियाशील रहेको दामनका स्थानीयहरुले बताएका छन् । ‘भित्रभित्रै मिलाउने कुरा सुनेको हो, सायद त्यस्तै गर्ला’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने । टावरको वर्तमान अवस्थामै संचालन गर्ने र नगरको पर्यटन शीर्षकको बजेट वार्षिक रुपमा पारिरहने त्यो समूहको योजना हो । नगरपालिका स्रोतका अनुसार टावर संचालन गर्नका लागि होटल व्यवसायी भएको हुनु पर्ने भन्ने शर्त तेर्साइने भएको छ । यो शर्तले के अर्थ स्पष्ट पार्ला ? होटल व्यवसायी नै हुनु पर्ने होभने हाल ति व्यवसायीले संचालन गरिरहेको व्यवसाय बन्द गरी टावर चलाउन आउलान् ? वा होटल संचालनको फर्म रहेको तर होटल संचालनमा नरहेका व्यवसायी आए नयाँ व्यवसायी र उनमा के अन्तर ? यो बडो रहस्यमय शर्तको रुपमा विश्लेषण गर्न सकिन्छ ।
    भ्यूटावर संचालन तथा व्यवस्थापनमा अहिले कै अवस्थामा रहने गरी ठेक्का लगाइएमा अहिलेको नगरपालिकाको सिंगो टिम ‘फेलर’ सावित हुनेछन् । नगरको आकर्षक गहनाको रुपमा रहेको टावरलाई व्यवस्थित र आकर्षित गरी देशविदेशमा प्रचारप्रसार गर्न योग्य ठेकेदारको छनौट हुन आवश्यक छ । न्यूनतम रकमभन्दा पनि संचालन तथा टावरको अवस्थाको न्यूनतम मापदण्ड बनाइ संचालकलाई प्रोत्साहन गर्न जरुरी छ । पर्यटन व्यवसायीहरुलाई ‘प्रोमोशन’को सहानुभूति दिन आवश्यक छ । जिविसबाट नगरको स्वामित्वमा ल्याइँदै गर्दा त्यहाँको अवस्थाको भौतिक तथा संरचनागत लिपि राखिनु पर्ने कि नपर्ने ? पाँच वर्षपछि ठेकेदार कम्पनीले अहिले कै अवस्था जस्तो बनाएर छोडेमा त्यसको जिम्मा कसले लिने ? वा लिन तयार छ ? अहिलेको अवस्थाको जिम्मा जिविसले लिन खोजेको छ ? वा ठेकेदार कम्पनीले ? त्यसो भएका हुँदा नगरको पर्यटकीय पूर्वाधार मध्ये भ्युटावरलाई प्रमुख प्राथमिकतामा राखेर लामो समयसम्मका लागि नीतिगत रुपमा टेण्डर आव्हान गर्न आवश्यक छ ।  

सुरेन्द्रमान प्रधान

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg