Saturday, 20th January, 2018
वि.स.

निष्पक्ष सक्रियताको अभ्यास –‘थाहा’
वैकुण्ठ ढकाल

भर्खरै काठमाण्डौं आएर रेडियो पत्रकारिता शुरु गरें, सबै संचारसंस्थाको लिखित अलिखित सम्पादकीय नीति हुन्छन । त्यो सिक्दै थिएँ । त्यति बेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी कुनै पनि नेतृत्वमा थिएनन । पहिलो संबिधानसभामा त सभासद पनि थिएनन । ओलीको भाषणकला अहिले आएर बनेको हैन, पहिले देखि नै थियो । जसले जे भने पनि नेपालको समग्र पत्रकारिता ‘भन्नुभयो’ले नै धानिएको थियो । केहि समाचारहरु केपी ओलीले भन्नुभयो, भन्ने किसिमको लेंखे । तर अरुले भन्नुभयो भनेका समाचारहरु ‘अनइयर’हुन्थ्यो । ओलीले भन्नुभएको समाचार चाहिं अनईयरमा परेनन । किन ? भन्ने प्रश्न मैले  ‘सिनियर’साथीहरुलाई सोधें स्पष्ट जवाफ कहिंबाट पनि आएन ।

सबै जाने ओलीको मात्रै कम जाने वा जाँदै नजाने के रहेछ, भनेर आफैंले बुझ्ने कोसिस गरें । त्यत्तिबेला ओलीको कुनै पनि भाषण माओबादीलाई ‘गाली’ नगरेको हुने थिएन । ओलीले बोलेकी माओबादीको आलोचना गरिहाल्थे । त्यो बेला माओबादी देशको पहिलो पार्टी, सरकारको नेतृत्व गरिरहेको थियो । देशको जे अबस्था थियो म आबद्ध संस्थामा पनि त्यस्तै थियो । आफ्नै अभ्यास अनुभबले बल्ल बुझें, ओलीको ‘भाषण’ नगएको हैन, माओबादीलाई गरेको ‘आलोचना’ नगएको रहेछ । यो ‘थाहा’ पाउन मलाई झण्डै दुई बर्ष लाग्यो । यही त रहेछ थाहा भनेको । सबै पेशाकर्मीले आफ्नो पेशाको बारेमा थाहा पाउन केहि समय सिक्नै पर्ने रहेछ ।

समाचारहरु आए, च्याऊ खाँदा फलानो ठाउँमा फलानाको मृत्यु भयो । मान्छे एउटा प्राणी भएकाले उसको पहिलो समस्या बाँच्नुसंग हुन्छ, भोक मेट्नुसंग हुन्छ । भोक र च्याऊको स्वाद थाहा भएका कसले चाहिं च्याऊ छाड्दो हो । अनि च्याऊ खाँदैमा आखिर मान्छे मर्ने हुँदै हैन, बिषालु च्याऊ खाएर चाहिं मर्ने हो । कुन बिषालु च्याऊ हो र कुन बिषालु हैन भन्ने ‘थाहा’ नपाउनेहरु चाहिं मर्ने हुन । यसले गर्दा ‘थाहा’ पाउनु भनेको चाहिं  बाच्नु रहेछ नि आखिर ।

अब बाँच्नका लागि थाहा पाउने कि, थाहा पाउनाका बाँच्ने भन्ने अन्त्यहिन बहस हुन सक्ला । मरेपछि स्वर्ग देखिन्छ, बाँचिरहे संसार देखिन्छ । १७ बर्ष अघि २०५६ साल असार ७ गते थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको निधन भयो । यो प्रसङ्ग पनि यहीं, जोड्न खोजेको हो, रुपचन्द्र बिष्टले शुरु गरेको थाहा आन्दोलनलाई सम्झन खोजिएको हो । हुन त मृत्युपर्यन्त मात्रै कुनै पनि मानिसको योगदानलाई चर्चा गरिने र सम्झने परम्पराले रुपचन्द्रलाई किन पर राख्थ्यो र ! ६५ बर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रुपचन्द्र बिष्टले संसारबाट बिदा लिए । उनको पञ्च भौतिक शरीर त्यही रुपमा बिलिन भयो । 

जीवन छँदा रुपचन्द्र बिष्टलाई बास्तविक रुपमा अनुयायीहरुले चिनेनन । त्यही भएर नै होला रुपचन्द्रलाई शत्रुले चिने मित्रुले चिनेनन भन्ने गरिन्छ । मृत्यु पछि रुपचन्द्रको अभाब पुरा गर्न सक्ने कोही भेटिएनन, अनि बिस्तारै बिष्टको अभाब खड्किंदै गयो । आँखा अगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखा अगाडि नहुनु र संसारमै नरहनु फरक हो । संसारमै नभएको चीजको आवश्यकता कसरी पूरा हुनु ? संसार मै नभए पनि उनका प्रतिविम्बले धेरैलाई चिमोट्दो रहेछ । मनभित्र गहिरो तुष रहँदो रहेछ । अहिले त्यस्तै भएको छ दामन पालुङका रुपचन्द्र बिष्टको अनुयायीहरुलाई । हुन त अनुयायी भनाईनु र अनुयायी नै हुनुमा त आकास जमिनको फरक छ । आकास जमिनको कहिल्यै भेट नभए जस्तै अनुयायी भनाईनु र साँच्चिकै अनुयायी हुनु एकै हो ।  

नजिकैबाट रुपचन्द्र बिष्टको संगत नगरे पनि संगत गर्नेहरुबाट सुनेका आधारमै पनि सम्झनै पर्ने, अजम्बरी नाम हो रुपचन्द्र । रुपचन्द्रलाई सम्झने आ–आफ्नै तौर तरिका छन् । कसैले मनले सम्झन्छ बाहिर अभिब्यक्त गर्दैनन, कत्तिले चाहिं मुखले रामराम बगलीमा छुरा ब्यबहार गर्दछन । सोच्ने र ब्यबहार गर्ने मानब अन्तस्करणबाट आउनु पर्दछ । तर शिक्षा, अनुभब र अभ्यासले जीबलाई उच्च बनाउँछ । अबको समय आफू अनुकूल बाताबरण बनाउनु हो । न कि वाताबरण अनुकूल आफू ।  

मानिसलाई सबै स्रोत र साधनहरुको थाहा हुनु जरुरी हुन्छ । त्यस्तै सामाजिक प्राणी भएको नाताले समाजका सबै सङ्गति र विसङ्गतिहरुबारे मानिसलाई थाहा हुनु पर्छ, पर्छ । थाहा लिने प्रक्रियाले मान्छेमा वस्तुनिष्ठ चिन्तनको प्रक्रिया शुरु हुन्छ । जति मान्छे चिन्तनमा रमाउँछ, उसमा त्यतिनै वस्तुनिष्ठ ज्ञान बढ्दछ । अर्थात् वस्तुस्थिस्तिको बारेमा ‘थाहा’  हुन थाल्दछ । ज्ञानको कुनै पराकाष्ठा छैन । पूर्ववत् ज्ञान र नयाँ वैषयिक अवलोकनहरुलाई प्रतिबादसँग मथेर मान्छेले नयाँनयाँ ज्ञान हासिल गर्दछन् । नयाँ ‘थाहा’ हरु बटुल्दछन् ।

कबिताराम श्रेष्ठले रुपचन्द्रको अभियानका बारेमा एउटा लेखमा भनेका छन –‘द्वन्द्वको स्थितिमा आउन प्रतिद्वन्द्वीलाई यथास्थितिको ज्ञान हुनु आवश्यक छ र त्यसमा प्रवृत्त हुनुपर्छ । त्यस्तै प्रतिद्वन्द्वीको “प्रतिबाद“लाई बुझ्न यथास्थितिबादीलाई पनि आफ्ना प्रतिद्वन्द्वीको स्थिति र प्रतिबादको गहनताको ज्ञान हुनुपर्दछ । अर्थात् दुवै स्थितिमा ज्ञानको आवश्यकता हुन्छ । त्यो ज्ञानलाई नै बिष्टले “थाहा“  भनिरहेका थिए । “बाद“ र “प्रतिबाद“ बीचको द्वन्द्वबाट थाहायुक्त “सम्बाद“ को उत्पत्ति हुन्छ । थाहायुक्त सम्बादले सञ्चारको स्थिति कायम गर्छ । सबै थाहायुक्त सम्बादले परिष्कारको बाटो खोल्दछ । अर्थात् विकासको बाटो बनाउँदछ । अर्थात( “बाद“ मा “प्रतिबाद“ गर्न ज्ञानको आवश्यकता हुन्छ अर्थात् “थाहा“ को । पूर्वस्थापित “थाहा“ को प्रतिबादमा आउने अर्को “थाहा“ले विकसित रुपको “थाहा“ को सृजना गर्दछ ।’ 

यहाँ बाद, सिद्धान्त, शुत्र वा बिभिन्न कुरा भनेर यसलाई बोझिलो बनाउनु नै जरुरी छैन । थाहालाई सरलसंग बुझ्न बुझाउने लाग्नु पर्दछ । आगोले पोल्छ भन्ने थाहा पाएपछि आगोबाट टाढा बस्ने होइन, आगोलाई चिम्टाले समाउने हो । आगोले पोल्छ भनेर टाढा बस्नेहरुले कि भोकै बस्नु प¥यो कि काँचै खानु प¥यो । हैन भने त आगोसंग मित्रता पूर्ण ब्यबहार गर्नै प¥यो । पानीसंग, हावासंग, माटोसंग, घामसंग गर्ने ब्यबहारहरु पनि त्यही हुन । पशुपक्षि, चराचुरुङीसंग गर्ने ब्यबहार पनि त्यही हो । गाइ, भैंसीले दूध दिन्छ भन्ने थाहा पाउनेले घाँस, पराल, दाना, कुँडो पानी खुवाउनु पर्छ भन्ने पनि थाहा पाउनै पर्छ । अर्थात आफूलाई र अरुलाई चिन्नै पर्छ मानिसले । 

यही ‘थाहा’ पाउनको लागि रुपचन्द्र बिष्टले शिक्षाको कुरा गरे, अभियान चलाए । आफैंले बिद्यालय बनाए आफैंले पढाए । महिला, गरिब, दलित बिष्टको प्राथमिकतामा परे । दिउँसो पढ्न नपाउनेहरुले बिहान, बिहान पढ्न नपाउनेहरुले साँझ, साँझ पढ्न नपाउनेहरुले बेलुका भने पनि पढ्न पर्ने नै भयो । महिला, बालबालिकालाई बिद्यालयमा ल्याउनका लागि अनेकौं उपायहरु पनि अपनाए । श्रमको मूल्य बुझाउँन आफैंले श्रम गरें । आफ्नो लागि आफैं स्रोत जुटाउने काम गरे । दामन पालुङमा शुरु गरेको स्रोतको ब्यबस्थापन गर्ने तरिका अहिले पनि कायम छ । बिकासमा सहकार्य, समन्वयको नमूना अहिले पनि चलिरहेकै छ । 

सबैले बिकास चिन्नु पर्छ, बिनास पनि चिन्नुपर्छ । शत्रु चिन्नु पर्छ, मित्र चिन्नु पर्छ । बिरोधी चिन्नु पर्छ, समर्थक चिन्नु पर्छ । सबैले सबैलाई चिन्नको लागि सबैको कार्यक्रममा सहभागी हुनुपर्छ । समर्थन गर्न वा बिरोध गर्नका लागि सबै मानिस स्वतन्त्र छ, निष्पक्ष छ र ऊ सक्रिय हुनुपर्दछ । तर बिडम्बना अहिले मानिसहरु स्वतन्त्र छैनन, निष्पक्ष छैनन । निष्पक्ष हुनेहरु सक्रिय छैनन, सक्रिय हुनेहरु निष्पक्ष छैनन । निष्पक्ष सक्रियताको अभ्यास गर्ने बाटोहरु बन्द हुँदैछन् । किनकी सबका सबलाई दल दलमा बाँडिनु परेको छ । भूगोल भूगोलमा बाँडिनु परेको छ । जातजातमा बाँडिनु परेको छ । अनि तत् तत समूहको लागि भनेर दौडिनु परेको छ । दलको जामा नभिरी, जातको जामा नभिरी, भूगोलको जामा नभिरी हिंड्ने अभ्यास नै गराउन छाडिएको छ । 

‘थाहा’को बारेमा अहिले पनि कुराकानी हुन्छ, थाहा अभियान ‘बचाउने’ हैन ‘भजाउने’ कुरा हुन्छ । थाहालाई कसरी राम्रो ब्राण्डिङ गरेर बेच्ने भन्ने मात्रै ध्याउन्न देखिन्छ । थाहालाई पेवा बनाउन खोजिदैछ, साझा बनाउनेबारे कसले सोचोस, कस्को फुर्सद ? अब यी कुराको अन्त्य होस, असल कुराहरुको पुस्तान्तरण हुनु आवश्यक छ । राम्रो कुराको पुस्तान्तरण हुने परिपाटी यही पुस्ताले निर्माण गर्ने हो । अहिले पनि त्रिभुबन राजपथ भएर हिंड्नेहरुले ढुंगामा खोपेर ठूलो अक्षरले ‘थाहा’ लेखेको देख्छन । अब त्यो प्रबिधिको जमाना बाँकी छैन, ज्ञानको पुस्तान्तरण गर्ने भनेको प्रबिधिमैत्री भएर हो, त्यसको लागि शुरुवात आफैंबाट ग¥यौं । ढुंगामा देखेको थाहा मष्तिष्कमा लेखौं । १९९० पुस २६ गतेबाट शुरु भएर २०५६ असार ७ गते अन्त्य भएको रुपचन्द्र बिष्टको जीबनरुपी यात्रा समाप्त भए पनि बिष्टले थालेको थाहा अभियान युगौं, युगसम्म चलाउनै पर्दछ । 




loading...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg