Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

नेकपाको जिल्ला तह एकीकरणको जिम्मा प्रदेशलाई

 नेपाल कम्युनिष्ट पार्टी नेकपा० ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ ।

प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिइएको छ ।

यसैगरी सम्बन्धित तहका पूर्ण कमिटी र तिनका पदाधिकारी तथा सदस्यसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण गर्ने, आफ्नो तह र मातहतका पार्टी कार्यलयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने, आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

यस्तै पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउन, प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न तथा सञ्चालन गर्न, प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न, ती निकायसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टी शक्तिलाई परिचालन गर्न र कार्यसम्पादन गर्दा नीतिगत वा व्यावहारिकरुपमा कुनै कठिनाइ उत्पन्न भएकमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्न पनि परिपत्रमा भनिएको छ ।

यसैगरी परिपत्रमा पार्टी केन्द्रबाट चाँडै प्रवेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डसमेत पठाइने उल्लेख गरिएको छ ।

पार्टी सचिवालय बैठकले शुक्रबार सातवटै प्रदेशमा प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको छ । परिपत्रमा प्रदेश तह, जिल्ला तह र जनवर्गीय सङ्गठनको एकताका लागि गठन गरिएको कार्यदल भङ्ग गरेको छ ।

यसैगरी प्रदेश र स्थानीय तहको पार्टी कामलाई प्रभावकारीरुपमा अघि बढाउनसमेत प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई परिपत्रमा निर्देशन दिइएको छ ।
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png