Monday, 17th December, 2018
वि.स.
Bihuli-002-1532968337.gif

पर्यटक लोभ्याउँदै मकवानपुरगढी

Makawanpur-gadhi-1-1543759991.jpg

प्रकाश अधिकारी 
शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुुशी लागेको बताउँछन् । रोजगारीका सिलसिलामा लामो समय कतारमा बस्नुभएका उनलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त गढी पनि हेर्न रहर जागेर आएको उनी उल्लेख गर्छन् । 

दामनका सुशील भुजेलले पनि उक्त गढी अवलोकनका लागि पुगे । “जिल्लाकै बासिन्दा भए पनि यहाँ आउने मौका जुरेको थिएन”, भुजेल भन्छन्, “सरकारले उक्त गढीलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा ग¥यो अब यहाँ पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्छ ।” नेपालको एकीकरणसँगै जोडिएको सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा तीनवटै तहका सरकारको उत्तिकै ध्यान पुग्नुपर्ने उहाँको सुझाव छ । 

मकवानपुरगढीमा अचेल पर्यटकको चाप बढ्न थालेको छ । बिदाका दिन हेटौँडाबजारबाट ‘रिफ्रेस’ हुन त्यहाँ पुग्नेहरुको भीडभाडको दृश्य कुनै मेलाको भन्दा कम देखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कात्तिक १५ गते घोषणा गरेको मुलुकका सय पर्यटकीयस्थलमध्ये मै पर्दछ, मकवानपुरगढी । स्थानीयवासी उद्धव घिमिरेका अनुसार पछिल्लो समय गढी क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ । “पहिले आक्कलझुक्कल देखापर्थे आजभोलि अझ बिदाका दिनमा त मेलै लागेजस्तो हुन्छ” उनी भन्छन् । 

चीनको ‘ग्रेटवाल’को झल्को दिन्छ, गढीको प्रवेशद्वारले । यहाँ उभिएर फोटो र ‘सेल्फी’ खिच्नेहरुले झनै रौनक बढाइदिन्छन् । गढी क्षेत्रलाई ‘पिकनिक स्पट’का रुपमा विकास गरिएको छ । विभिन्न जिल्लाका स्कूल, कलेज, समूह र सहकारीका भ्रमणले गढीमा दिनहुँजसो आगन्तुकको ओइरो लाग्ने गर्दछ । व्यवस्थित अभिलेख नभए पनि सडक कालोपत्र तथा सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । 

मकवानपुरगढी ऐतिहासिकस्थल भएकाले गाउँपालिकाको नाम पनि मकवानपुरगढी राखिएको हो ।साढे दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास छ । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । पक्की सडकका कारण पर्यटकलाई थप सहज भएको हो । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढी पनि हो । यहाँ अझै पनि पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रूपमा छन् । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ । 

‘विजय स्मारक’ 

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं गुरुयोजना बनाएर गढी संरक्षण र प्रवद्र्वनमा आफूहरू जुटेको बताउँछन् । गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाउन लागिएको छ । दरबार, विजय पार्क, सानो गढी र ढुङ्गे गढीलाई जीर्णोद्धार गरी ‘विजय स्मारक’का रूपमा विकास गर्न लागिएको उनको भनाइ छ । 

नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा माघ १० गते विजय उत्सव मनाइने भएको छ । विसं १८१९ माघ १० गते तत्कालीन अङ्ग्रेज फौजलाई नेपाली (गोर्खाली) सेनाले पराजित गरेका थिए । तीन हजार सङ्ख्यामा रहेको अङ्ग्रेज फौजलाई मकवानपुरगढी दरबारको तल्लो भाग शिखरकटेरीबाट नेपाली सेनाले अगाडि बढ्न नदिएर पराजित गरेको इतिहास थियो । विजयीस्थल शिखरकटेरी किल्लादेखि ढुङ्गे गढीसम्म पदमार्ग निर्माण गर्ने र नेपाल–अङ्ग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास झल्किने बृहत् स्मारक बनाउने गाउँपालिकाको योजना छ । 

गढी क्षेत्रमा मुकुन्द सेनकी रानीले रानी चौतारो बनाउन लगाएकी थिइन् । उक्त चौतारो अझै पनि देख्न सकिन्छ । अध्यक्ष हुमागाईं विजयी किल्लालाई ‘विजय पार्क’ बनाएर त्यहीँबाट पदमार्ग शुरु गरिने बताउँछन् । गढीको संरक्षण र स्मारक निर्माण गर्न चालू आवमा सङ्घीय सरकारले रू ८० लाख, प्रदेशले रू ५० लाख र स्थानीय सरकारले रू १५ लाख गरी रु एक करोड ४५ लाख बजेट विनियोजन गरिसकेका छन्  । 

गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए । चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली हो । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना बनाएका थिए ।

-रासस

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
कवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको...
News-Logo-1544973016.jpg
कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा
मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा...
kapada-1544972004.jpg
हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो
हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक...
HNP-1544971230.jpg
मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार खटिएको प्रहरी टोलीले...
Pakrau-1544970825.jpg
हेटौंडामा श्रीमती र छोरीको हत्या गर्ने को हुन् ?
श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९...
Hatyaaa-1544968781.jpg

लोकप्रिय समाचार

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाश अधिकारी शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा...
Makawanpur-gadhi-1-1543759991.jpg
पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 
पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् । यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की...
Purshotta-1543039866.jpg