Monday, 22nd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

पुलिसलाई हराउँदै आयोजक मकवानपुर-११ फाईनलमा

मकवानपुरमा जारी दोस्रो सहिद स्मृती मकवानपुर गोल्डकपको फाइनलमा  आयोजक टिम मकवानपर ११ फाईनलमा प्रवेश गरेको छ ।

हेटौंडाको वन विज्ञान खेल मैदानमा १३ चैत्रमा भएको पहिलो सेमिफाईनल खेलमा मकवानपुर ११ ले नेपाल पुलिस क्लबलाई १(० ले पराजित गरेको हो । मकवानपर का लागि रेजिन सुव्वाले खेलको ७८ मिनेटमा गोल गरेका थिए । सुव्वाको गोल निर्णायक गोल बन्यो । मकवानपुरका लागि गोल गर्ने रेजिन सुव्वा म्यान अफ दी म्याच घोषित भएका थिए ।

प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०र२० हजार रुपयाँ रहेको बताईएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ भने संरक्षकत्वमा हेटौंडा उपमहानरपालिका रहेको छ ।

यस्तै १४ चैत्रमा ललितपुरको थ्रीस्टार क्लब र क्यामारुनको दाफिन्स फुटबल क्लब बीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg