Wednesday, 20th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

पुस्तकालय दिवसको अवसरमा नवजागृत पुस्तकालयको चियापान

40460766_643470259379944_-1535779742.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको नवजागृत पुस्तकालयले अन्तराष्ट्रिय पुस्तकालय दिवसको अवसरमा चियापान तथा छलफल सम्पन्न गरेको छ । वि.स.२०२५ साल भाद्र १५ गते स्थापना भएको पुस्तकालयले अन्तराष्ट्रिय पुस्तकालय दिवसको अवसरमा चियापान तथा छलफल कार्यक्रम सञ्चालन गरेको हो । नयाँ प्रविधिको विकास र संचार क्षेत्रमा मानिसको पहुँच बढेपछि पुस्तक पढ्ने पाठकहरु पाउँनै गाह्रो भएको नवजागृत पुस्तकालयका अध्यक्ष मधुसुधन रायमाझीले बताए । 


उक्त पुस्तकालय हाल शनिबार बाहेक हरेक दिन बेलुकी ४ बजेदेखि ६ बजेसम्म खोलिने गरिन्छ । गोपाल गोपाली र तीर्थदास श्रेष्ठ लगायतको प्रयासमा स्थापना भएको पुस्तकालयमा एकजना कर्मचारीले रोजगारी समेत पाएको छ । पुस्तकालयको आफ्नै ३ तल्ले भवन छ । घर भाडामा लगाएर वार्षिक २ लाखको हाराहारीमा आम्दानी हुन्छ । पुस्तकालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पुस्तकालयमा इन्टरनेट जडान गर्ने, ई–लाइब्रेरी सञ्चालन गर्ने र युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको पुस्तकालयका अध्यक्ष मधुसुदन रायमाझी बताउछन् ।


ऐतिहाँसिक रुपमा हेर्ने हो भने सो पुस्तकालयमा रुपचन्द्र विष्टले संकलन गरेका पस्तकहरु पनि सुरक्षित राखिएको छ ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG