Monday, 22nd January, 2018
वि.स.

पूर्ण क्षमतामा डाँडागाउको रस्टिक हाउस किन चलेन ?

२८ टन क्षमताको रष्टिक हाउसले अझै कृष्कलाई  पुर्ण क्षमताको सुविधा दिन सकेको छैन ।

थाहा नगरपालिका वडानं ३ डाडागाउँमा रहेको  रष्टिक हाउसबाट कृषकहरुले पुर्णरुपमा लाभ प्राप्त गर्न सकेका छैनन् । २०६८ सालमा निर्माण भएको रष्टिक हाउस जागरण उत्पादक कृषि समुह, चतुर्मुखी महिला कृषक समुह र आकाश देवि महिला कृषक समुह मिलेर भवन निर्माण सम्पन्न 
गरेको हो । 

‘यो रष्टिक हाउस नेपालकै नमुना रष्टिक हाउस हो,अरु रष्टिक हाउस भन्दा विल्कुलै फरक छ, आलु राख्न प्लेटको सुविधा ,चिसोको लागि पानी जमाउने ठाउँ, हावाको लागि पर्याप्त झ्यालहरु छन् ।’   करिब २८ टन क्षमताको  राष्टिक हाउसमा अहिले १ सय ७० प्लेट सन्चालनमा छन् । बाँकी ७५ प्लेटहरु निर्माण गर्न आय स्रोत नभएकोले पुर्ण रुपमा कृषकहरुले लाभ लिन नसकेका हुन् । अहिले सहयोगी स्रोतमा भरपर्नु पर्ने अवस्था रहेको तथा रष्टिक हाउस निर्माण समितिसंग आफनो आय स्रोतबाट निर्माण गर्न नपुग क्षमता रहेको रष्टिक हाउस निर्माण समितिका उपाध्यक्ष दिनेश बिष्टले जानकारी दिए । 

‘यो रष्टिक हाउस नेपालकै नमुना रष्टिक हाउस हो,अरु रष्टिक हाउस भन्दा विल्कुलै फरक छ, आलु  राख्न प्लेटको सुविधा ,चिसोको लागि पानी जमाउने ठाउँ, हावाको लागि पर्याप्त झ्यालहरु’ उपाध्यक्ष बिष्ट भन्छन्,’ तर श्रोत अभावले सबै प्लेट नबन्दा पूर्ण रुपमा सञ्चालनमा आउन सकेन । 

उक्त रष्टिक हाउसमा ३ वटा समुहका सदस्य र अन्य २० जना कृषकहरुले आलु राख्दै आएका छन् । डाडागाउँमै रष्टिक हाउस निर्माण भएपछि कृषकहरु बाहिरको भन्दा राम्रो आलु भण्डार हुने र आलुलाई ढुवानी खर्च पनि नलाग्नेमा खुशी भएका छन् । भवन निर्माणमा सरोकार  राख्ने कृषकलाई आलु प्रति बोरा १०० रुपैया र अन्य किसानलाई १२० रुपैया  लिइँदै आएको उपाध्यक्ष विष्टले 
जानकारी दिए । 




loading...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg