Tuesday, 11th December, 2018
वि.स.
Bihuli-002-1532968337.gif

प्रदेश–३ को मुकाम बनेपा वा बज्रवाराही-चित्लाङ !

province_3-1532343225.jpg

प्रदेश–३ को नाम माझखण्ड, मध्यखण्ड, माझभूमि, माझप्रदेश र मध्यमाञ्चल, मध्याञ्चल, देवस्थली वा वागमती जे राख्दा पनि हुन्छ तर स्थायी मुकाम धेरैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ ।

नेपालको संविधान अनुसार तत‍्‌तत् प्रदेशका कम्तीमा दुईतिहाइ सभासदहरूको समर्थनबाट मात्र प्रदेशको नाम र सदरमुकाम निधो गर्न सक्ने व्यवस्था छ । प्रदेश गठनपछि अहिलेसम्म प्रदेश–६ र ४ ले मात्र आफ्नो प्रदेशको नाम कर्णाली र गण्डकी राखेको छ भने मुकाम सुर्खेत र पोखरा तोकेको छ । प्रदेश गठनको महीनौंसम्म बाँकी पाँचवटा प्रदेश अलमलमा छन् ।

प्रदेश–३ को नाम र मुकामका लागि केही छलफल र मनन् गर्नुपर्ने देखिन्छ । कर्णप्रिय नामसँगै सकभर भूगोल र संस्कृति पनि झल्कन सक्यो भने बेस हुनेछ । एक–दुई हप्ताको समय दिएर यसबारे प्रदेशवासीबाट पनि राय मागियो भने निर्णय गर्न थप सघाउ पुग्नेछ ।

प्रदेश–३ को नाम माझखण्ड, मध्यखण्ड, माझभूमि, माझप्रदेश र मध्यमाञ्चल, मध्याञ्चल, देवस्थली वा वागमतीमध्ये कुनै एक राख्न सकिन्छ ।

स्थायी मुकाम सकभर सर्वसम्मत र धेरैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ । क्षेत्रीय संकीर्णता र राजनीतिक दलको दम्भले मात्रै यसमा निर्णय गर्नु उचित नहोला, किनभने भविष्यमा अर्को दलले बहुमत ल्याउने र शक्ति तल–माथि भइरहन पनि सक्छ ।

सदरमुकाम

हाल तोकिएको हेटौंडा प्रदेश–३ को अस्थायी मुकाम मात्रै हो । चितवन र मकवानपुर जिल्लाका सीमित जनताबाहेक अन्यलाई हेटौंडा अपायक नै छ । प्रदेश–३ को मुकाम काठमाडौं उपत्यकाभित्र पनि ठीक हुँदैन ।

यो अति नै प्रदूषित, भीडभाडयुक्त र अशान्त छ । अतः उपत्यका बाहिर काभ्रे जिल्लाको बनेपा आसपासमा अथवा मकवानपुर जिल्लाको उत्तरी भेगस्थित थाहा नगरपालिका अन्तर्गतको चित्लाङ–बज्रबाराही ९मिनी उपत्यका० मुकामका लागि राम्रो र उपयुक्त छ भन्ने लाग्छ । यी दुवै ठाउँ काठमाडौं उपत्यकाको गञ्जागोलबाट बाहिर र नजिक पनि छन् ।

दुवै ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । काठमाडौं, थानकोटबाट दुई–तीन किमीको सुरुङ बनाए चित्लाङ–बज्रबाराही पुग्न सकिएला । यी स्थान हावापानी, रहनसहन संस्कृतिको हिसाबले काठमाडौं जत्तिकै उत्तम छ । यी दुईमध्ये पनि एकान्तिक शान्तिका हिसाबले चित्लाङ–बज्रबाराही उपयुक्त लाग्छ । यस सम्बन्धमा विद्वत्हरूबाट थप बहस हुन् आवश्यक छ ।

हेटौंडामा पशुपन्छीको वासस्थान 

हेटौंडा वडा नम्बर १ चौकी टोलबाट प्रारम्भ भएको दक्षिण भिरालो वन करीब २५ किमी लम्बाइमा पूर्वतिर फैलिएको छ । यो वनलाई पशुपन्छीको प्राकृतिक खुला आश्रयस्थलको रूपमा विकास गर्न सकिन्छ । यो वनको पूर्वमा प्रसिद्ध ऐतिहासिक ढुंगेगढी पर्दछ ।

त्यसको उँचाइ समुद्र सतहबाट १,२८० मिटर छ । दक्षिण फर्केको पारिलो यो वनका अधिकांश खोल्साहरूमा पानीको स्रोत छन् । यहाँ गुरौ खोला र शिकर कटेरीको बीचमा थोरै वनखण्ड मानव बस्तीले मिचेर साँघुरो भएको छ । यसलाई फराकिलो बनाउनतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

यसरी यो वन खण्डलाई पशुपन्छीको खुला प्राकृतिक वासस्थानको रूपमा विकास गर्न सक्दा यसले आन्तरिक र सीमापारिका पर्यटकलाई पनि आकर्षित गर्न सक्छ । विगतमा हेटौंडाका तत्कालीन मेयर डोरमणि पौडेलले शहीद पार्क निर्माण गरी जुन जस आर्जन गरे, वर्तमान मेयर हरिबोल महतलाई यो कार्य सम्पन्न गर्ने अवसर आएको छ ।

यस कार्यमा नागरिकहरूको भूमिका बढाउन विशेषतः हेटौंडा उपमहानगरपालिका र गढी गाउँपालिकाले पहलकदमी लिनुपर्दछ । प्रदेश–३ वासीका साथै सबैको यसमा नैतिक दायित्व रहनेछ ।

हिमालखबरमा बद्रीप्रसाद खतिवडाबाट




loading...
Plant-1526723778.JPG


ताजा समाचार

पालुङ जेसिज सप्ताह २०१८ मा विविध कार्यक्रम हुने
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले सप्ताह व्यापी विविध कार्यक्रम गरी जेसिज सप्ताह गर्ने भएको छ । यहि मंसिर २२ गतेबाट पौष १...
IMG_20181210_111911-1544420103.jpg
चलचित्र कल्चरको प्रदर्शन, पहिलो दिनमै साढे २ लाखको कारोबार
थाहा कला केन्द्रको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र 'कल्चर' प्रदर्शनमा आएको छ । थाहा नगरपालिका भित्र कै कलाकारहरु र निर्देशक रहेको सो...
IMG_20181209_182838-1544359633.jpg
चलचित्र कल्चरको प्रदर्शन, पहिलो दिनमै साढे २ लाखको कारोबार
थाहा कला केन्द्रको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र 'कल्चर' प्रदर्शनमा आएको छ । थाहा नगरपालिका भित्र कै कलाकारहरु र निर्देशक रहेको सो...
IMG_20181209_175041-1544358838.jpg
चलचित्र 'कल्चर'को प्रदर्शन, पहिलो दिनमै साढे २ लाखको कारोबार
थाहा कला केन्द्रको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र 'कल्चर' प्रदर्शनमा आएको छ । थाहा नगरपालिका भित्र कै कलाकारहरु र निर्देशक रहेको सो...
Screenshot_20181209-17243-1544355706.png
मुक्तिनाथको "झ्याई पारौं यसपाली"सार्वजनिक (भिडियो सहित)
"टिष्टुङ पालुङ गाउँ" बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको भिडियो...
Screenshot_20181207-10374-1544159298.png

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png