Monday, 17th December, 2018
वि.स.
Bihuli-002-1532968337.gif

प्रदेश–३ सरकारको यस्तो छ सात निर्णय

IMG_0379-1544013370.JPG

३ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक १९ मंसिरमा बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनितिको मस्यौदा २०७५ स्वीकृत गरेको छ । यसैगरी मुख्यमन्त्रीले सम्हाल्नुभएको भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रादेशिक पूर्वाधार कम्पनी निर्माण गर्न कानुन तर्जुमाको सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ । 

त्यसैगरी उद्योग पर्यटन, वन तथ वातावरण मन्त्रालयले पेश गरेको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धी विधेयक २०७५ प्रदेश सभामा पेश गर्ने, प्रदेश संयुक्त बजार अनुगमन निर्देशिका २०७५ र डिभिजन वन कार्यालयको संगठन संरचना स्विकृत गर्ने निर्णय गरेको छ । यसैगरी संघीय खानेपानी मन्त्रालयले पठाएको १ सय ५ जना कर्मचारीको प्रदेश दरबन्दी स्विकृत गरेको छ । यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा विद्युतिय बस सञ्चालन गर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 

बैठकमा मुख्यमन्त्री पौडेल, मन्त्री जम्कट्टेल, उद्योग पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा सहभागी थिए ।
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

काँकडा क्षेत्रलाई अर्गानिक मह उत्पादन क्षेत्रको रूपमा घोषणा गर्ने तयारी
कवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले उत्पादन गरेको अर्गानिक मह प्रशोधनसहित बजारमा बिक्री हुन थालेको छ । विगतमा प्रशोधन नगरी बिक्री गरेको...
News-Logo-1544973016.jpg
कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा
मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा...
kapada-1544972004.jpg
हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो
हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक...
HNP-1544971230.jpg
मकवानपुरमा लागुऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको बसपार्कबाट १० किलो २ सय ग्राम लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार खटिएको प्रहरी टोलीले...
Pakrau-1544970825.jpg
हेटौंडामा श्रीमती र छोरीको हत्या गर्ने को हुन् ?
श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९...
Hatyaaa-1544968781.jpg

लोकप्रिय समाचार

कृषि विकास बैंकले ल्यायो, ग्राहकमुखी योजना नै योजना
कृषि विकास बैैकले आफ्ना ग्राहकहरुलाई मध्येनजर गरेर थुप्रै सेवाहरु ल्याएको छ । देशको कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग पु¥याउँदै...
kirsi-1543417277.jpg
यसरी शुभारम्भ भयो थाहा बसपार्क 
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ...
Bus-1543155680.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
पर्यटक लोभ्याउँदै मकवानपुरगढी
प्रकाश अधिकारी शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा...
Makawanpur-gadhi-1-1543759991.jpg
पालुङ बहुउद्दश्यीय सहकारीको अध्यक्षमा कार्की 
पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् । यद्यपी यसको औपचारिक घोषणा भएको छैन । अध्यक्ष कार्की...
Purshotta-1543039866.jpg