Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

Yuwa-1537807695.jpg

प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौड्यालले जानकारी दिए ।

जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको मागबमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगररगाउँपालिका युवा परिषद्’ नाम रहने छ । प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौद समिति गठन गरिएको छ । उक्त समितिले प्रदेश युवा परिषद्को नमूना ऐन बनाएर सात वटै प्रदेशमा पठाउने परिषद्का सचिव पौड्यालले बताए । ‘प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर पठाउनु भनेर माग गरेका छन्’, उनले भने, ‘राष्ट्रिय युवा परिषद्कै संरचनामा जस्तै प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर हामी पठाउछौँ ।’

पूर्वयुवा तथा खेलकूद सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठित परिषद्को सङ्गठन संरचना सर्वेक्षणमा समेत प्रदेश र स्थानीय युवा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो ।

प्रदेशस्तरमा सामाजिक विकास मन्त्रालयअन्तर्गत र स्थानीय तहमा नगरपालिका, गाउँपालिकाअन्तर्गत प्रदेश रहने छन् । प्रदेश युवा परिषद्मा सामाजिक विकासमन्त्री अध्यक्ष तथा स्थानीय तहको युवा परिषद् नगरपालिकाका प्रमुख÷गाउँपालिकाका अध्यक्ष उक्त परिषद्को अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

प्रदेशमा केन्द्रमा जस्तै कार्यकारी उपाध्यक्ष वा उपाध्यक्ष वा सदस्य सचिव के राख्ने भन्नेमा अझै टुङगिएको छैन । यस्तै स्थानीय तहमा परिषद्का अध्यक्षले कार्यकारी समिति गठन गरेर काम गर्न सक्नेछन् । सरकारले २०७२ फागुनमा केन्द्रमा युवाको विकासको लक्ष्य राखेर युवा परिषद् गठन गरेको हो । 

-अनलाइनखबरबाट




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png