Wednesday, 15th August, 2018
वि.स.
Bihuli-002-1532968337.gif

प्रदेश ३ का मुख्य सचिव पाण्डेको सरुवा

Resmi-1533807090.jpg

प्रदेश संसद र सरकारको प्रशासनिक र भौतिक संरचनाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्बाह गरेका तीन नम्बर प्रदेशका मुख्य सचिव रेश्मीराज पाण्डेको सरुवा भएको छ।  पाण्डेको ठाउँमा प्रधानमन्त्री कार्यालयका आनन्दराज ढकाल आउने भएका छन्। सहसचिव रहेका ढकाललाई सचिवमा बढुवा गरेर ३ नम्बर प्रदेशको मुख्य सचिव बनाइएको हो। संघीय सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यसचिव पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा ढकाललाई पठाउने निर्णय गरेको हो।

 

गत भदौ १९ गते हेटौँडा आएका मुख्यसचिव पाण्डेले प्रदेश राजधानी हेटौँडामा संसद भवन, मन्त्रालयहरु, मुख्यमन्त्री तथा आवास भवनहरुको व्यवस्थापनमा मसिनो ढंगले काम गरेका थिए। उनकै समन्वयमा सरकारी भवनहरु खोजी गरी प्रदेश सरकार र संसद चलाउने हालको संरचना स्थापना भएको हो। कर्मचारीको व्यवस्थापन र परिचालनमा पनि सचिव पाण्डेले हस्तक्षेपकारी भूमिका निर्बाह गरेका थिए। आफू सरुवा भएको निर्णयबारे संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले एक वर्षे अबधिमा सरकारको संरचना तयार भएकोमा खुसी व्यक्त गरे।

उनले भने,‘मेरै कार्यकालमा प्रदेश राजधानी र प्रदेशको नाम समेत टुंग्याउन पाएको भए अझै प्रगति देखिने थियो।’ उनले भूगोल र कामको क्षेत्रका हिसावले टाढा रहे पनि ३ नम्बर प्रदेश सदैव मनमा रहने बताए।




loading...
Plant-1526723778.JPG
sahayata-PL-1531358588.jpg
Mal-1532618852.jpg
JKMV-1533301533.JPG


ताजा समाचार

कस्ले पाउला नेकपा थाहानगरको नेतृत्व ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विस्तारको क्रममा केन्द्र, प्रदेश जिल्ला हुँदै स्थानीय तहमा पनि नेतृत्व र पदको भागबण्डाको चर्चा हुन थालेको छ ।...
THAHA-KEKAPA-1534262931.jpg
बज्रवाराहीमा ‘पूर्ण संस्थागत सुत्केरी’का लागि कार्यशाला गोष्ठी
थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २८ साउनमा बज्रवाराही स्वास्थ्य चौकी अन्तर्गतका सरोकारवालाहरुका लागि ‘पूर्ण संस्थागत सुत्केरी’...
Health-1534254743.jpg
पूर्व माओवादी नेता बिष्ट नेकपा मकवानपुरको जिल्ला सचिवमा सर्वसम्मत प्रस्ताव
बिष्णु बिष्ट (अदार्श)लाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को मकवानपुर जिल्ला सचिवका लागि प्रस्ताव गरिएको छ । विष्टलाई पुर्व नेकपा माओवादी केन्द्र...
Bishnu-Bista-1534241126.jpg
सरकारी कार्यालयमा सामाजिक सञ्जाल अनिवार्य
अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री तथा...
MEdia-1534223328.jpg
भाषण गर्दागर्दै भीमफेदीबाट कसले लखेटे सुरेन्द्र थिकेलाई ? (भिडियोसहित)
भीमफेदी, मकवानपुरको पुरानो सदरमुकाम । अनि सुरेन्द्रराज थिके, त्यहाँका युवा नेता, सामाजिक अभियन्ता । थिके गाउँको विकासका लागि सम्बोधन गर्दैथिए ।...
suren-1534226938.jpg

लोकप्रिय समाचार

मकवानपुर थाहानगरको टिष्टुङमा स्कुल बसमा आगजनी
मकवानपुर थाहा नगरपालिज्ञका वडा नंं ११ टिष्टुङ स्थित देउराली नजिकै बसमा आगजनी भएको छ । भन्सार छुटेर आएको ना.अ.प.स.४५ नम्बरको बसमाविप्लव नेतृत्वको नेपाल...
Bustt-1534214403.jpg
थाहामा जुवाकै खालबाट जनप्रतिनिधि सहित १० पक्राउ
थाहा नगरपालिका वडा नं. १ ओखरबजारस्थित सयपत्री होटलमा तास खेल्दै गरेका अवस्थामा जनप्रतिनिधिसहित १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । उनीहरुको...
huwade-1534040106.jpg
थाहा नगरपालिकाका सब इन्जिनियर न्यौपाने घुससहित पक्राउ
मकवानपुरको थाहा नगरपालिकाका एक प्राविधिक २३ साउनमा घुससहितरङ्गेहात पक्राउ परेका छन् ।दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा...
PPP-1533731393.jpg
महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो
महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सो नाफा अघिल्लो आबको तुलनामा २६ प्रतिशतले बढि...
mahalaxmi-bikas-bank-1532610559.jpg
तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)
नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर...
CV-Rate-1531667339.jpg