Thursday, 18th October, 2018
वि.स.
subhakamana-1538193167.gif

प्रदेश ३ को बस्तुस्थिति बिबरण सार्वजनिक

pradesh-3-1533700151.jpg

प्रदेशका दश जिल्लामा रहेको अवसर र सम्भाव्यताको अध्ययन पश्चात प्रदेश ३ को नीति तथा योजना आयोगले वस्तुगत विवरण सार्वजनिक गरेको छ । प्रदेशको बिकासका लागि यहाँ भएका सम्भावनाको अध्ययन पश्चात कार्यक्रम सञ्चालनका लागि सहज हुने भएकाले आयोगले ४५ दिन लगाएर तयार पारेको प्रदेशको बस्तुस्थिति बिबरण २०७५ सार्बजानीक गरिएको हो । बिबरण सार्वजानिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लामा पुगेर आयोगले गरेको अध्ययन अनुसार त्यहाँको सम्भावनालाई हेर्दै बिबरण तयार पारिएको बिबरणले प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग पुग्ने बताए ।

जनता समक्ष प्रत्यक्ष बिकासको भावना बिकास गर्न र उनीहरुले बिकासको बारे थाहा पाउँनका लागि बिबरण महत्वपूर्ण भएको उनले बताए । योजना आयोगले गरेको अध्ययनले जनतहमा पुगेर गरेको नीति तथा कार्यक्रमले विकासका सम्भावनालाई लाभमा रुपान्तरण गर्न सक्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । विवरणले प्रदेशको समृद्धिका लागि आवश्यक आधारको पहिचान र सूचना व्यवस्थापनका लागि सहज हुने आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले बताए । प्रदेशले सार्वजनिक गरेको विवरणबाट विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति र योजना बनाउन तथा यस विषयमा खोज, अध्ययन र अनुसन्धान गर्न सजिलो हुने बताइएको छ ।

प्रदेशको हरेको कामका लागि बिबरण उपयुक्त रहेको भन्दै सबै क्षेत्रको बिकास र योजना तयारका लागि महत्वपूर्ण रहने जानकारी कार्यक्रममा दिइएको थियो । बिविधतायुक्त भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था भएको प्रदेश समृद्धिका लागि प्राथमिक योजना तयार गर्न सके नागरिकले नजिकबाट सरकारको अनुभुत गर्न सक्ने उपाध्यक्ष देबकोटाले बताए ।

प्रतिवेदनमा भूगोल, जनसंख्या, बन, जलस्रोत, पूर्वाधार, जीवनस्तर, जातीय विविधता, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग र व्यापारको तथ्याङक समेटिएको छ । विवरणका आधारमा सबैतहका सरकार, राजनितिक दलका नेतृत्व सबै तहले बिकासको योजना बनाउन सक्ने भएकाले सार्वजानीक गरेको पुस्तक सरकारको महत्वपुर्ण सम्पती भएको बताइएको छ ।

-अनलाइनखबरबाट




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई
नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर...
IMG_20181018_113817-1539842036.jpg
जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता...
Final-banda-2-1537416039.jpg
नगर प्रमुख विष्टले प्रदेश–३ को स्थायी राजधानी थाहानगरलाई प्रस्ताव गरेपछि सांसदहरुले के भने ?  
मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको...
IMGL0233-1539182292.JPG