Tuesday, 24th April, 2018
वि.स.

प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ

prachanda-kp-oli-1513517908.jpg

पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ?  प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ? यस्ता धेरै प्रश्नहरुको जवाफ ओली र प्रचण्डले एकै मञ्चबाट दिने प्रयास गरेका छन् ।

उनीहरु दुवैले अध्यक्ष र प्रधानमन्त्री आफ्ना लागि महत्व एवं लोभको विषय नभएको प्रष्ट्याउने प्रयास गरेका छन् । २ पाैषमा राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र ओलीलाई शुरुकै प्रश्न थियो- अब प्रधानमन्त्री को हुन्छ र पार्टी अध्यक्ष को हुन्छ ? पार्टी एकता पद बाँडफाँडकै कारण धकेलिने हो कि होइन ?

यसको जवाफ ओली र प्रचण्डले एकै शैलीमा दिए । शुरुमा पत्रकारको प्रश्नको जवाफ कसले दिने भन्ने बारेमा ओली र प्रचण्डबीच कानेखुसी भयो । त्यसपछि ओलीले भने- ‘पार्टी अध्यक्ष को हुने भनेर यो एकता भएको होइन । अध्यक्ष नै हुनका लागि त म एउटा पार्टीको अध्यक्ष छँदैछु, प्रचण्डजी अर्को पार्टीको अध्यक्ष हुनुहु्न्छ, हाम्रो अध्यक्ष पद त सुरक्षित नै छ नि ।’

पार्टी अध्यक्ष को बन्ने भन्ने कुराले एकता नरोकिने ओलीले प्रष्ट पार्न खोजे । उनले पार्टी एकताको प्रक्रिया शुरु भइसकेको बताए ।

केपी ओलीपछि बोलेका प्रचण्डले प्रधानमन्त्री को हुने भन्ने विवाद नरहेको प्रष्ट्याउन खोजे । प्रचण्डले भने- अरु कुरा केपीजीले भनिसक्नुभयो, उहाँले छुटाउनुको भएको एउटै कुरा म भन्छु- हामी दुवैजना प्रधानमन्त्री भइसकेका र सहजै प्रधानमन्त्री पद छाडेका व्यक्ति हौं ।

अध्यक्ष र प्रधानमन्त्री पदमा आफूहरुबीच विवाद नरहेको प्रष्ट पार्न ओली र प्रचण्डले पत्रकार सम्मेलनमा पटक-पटक प्रयास गरे । पहिलो लहरमा ओलीको छेउमा झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेल बसेका थिए । त्यस्तै प्रचण्डको छेउमा नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए । पहिलो लहरमा हुनुपर्ने माधव नेपाल भने पत्रकार सम्मेलनमै थिएनन् ।

पार्टी एकताको प्रक्रियाका बारेमा भने दुबै नेताले सबिस्तार खुलाएनन् । पत्रकारले पार्टी एकता कसरी हुन्छ ? अहिले आएका फरक-फरक धारणा के हुन् ? भनेर नेताहरुलाई खेर्न खोजेका थिए । तर, दुवै नेताले ती प्रश्नको जवाफ दिन चाहेनन् । बरु पार्टी एकता संयोजन समिति नै पार्टी एकीकरणको शुरुवात हो भनेर पन्छिए । दुबै नेताहरुले आफूहरुका कारण पार्टी एकतामा बाधा नपर्ने सन्देश भने प्रष्ट रुपमा दिए । पत्रकार सम्मेलनमा अधिकांश प्रश्नको जवाफ ओलीले दिएका थिए भने प्रचण्डले छोटो समय मात्रै लिए । पत्रकार सम्मेलनको सञ्चालन एमाले उपाध्यक्ष भीम रावलले गरेका थिए 

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

बस र ट्रक ठोक्किदा एकजनाको मृत्यु, १९ घाइते
नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा मंगलबार बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।...
accident-7-1524548138.jpg
चन्द्रागिरिमा भारतीय नेता विजय जोली
भारतीय जनता पार्टीका बरिष्ठ नेता विजय जोलीले काठमाडौंमा रहेको चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम्...
vijay-Jolly-1524545358.jpg
प्रदेश नंम्बर ३ मा पोशाक र लोगो निर्धाण
प्रदेश नंम्बर ३ कार्यव्यवस्था समितिको बैठकले सांसदहरुको लागि पोशाक र लोगोको निर्धारण गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षमा बसेको...
safe_image-1524486034.jpg
अनेरास्ववियू केन्द्रीय कमिटिको कार्यवाहक अध्यक्षमा मकवानपुरका बर्तौला
अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । अखिलले आइतबारदेखि नै लागू हुने गरी...
bartaula-1524483188.jpg
समृद्ध थाहानगरका लागि अन्तरक्रिया
थाहा नगरपालिकाको विकासको सन्दर्भमा फेरि अर्को अन्तरक्रिया हुने भएको छ । थाहाको विकासका लागि पटकपटक अन्तरक्रिया र छलफल चलाउँदै आएको नागरिक समाजको...
Thaha-1524484488.jpg

लोकप्रिय समाचार

कडा आयो थाहानगरको शिक्षा ऐन
थाहा नगरपालिका क्षेत्रका विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुले अब पाँच वर्षभन्दा बढि एउटै स्कूलमा पढाउन नपाइने ऐन पास भएको छ । थाहा नगरपालिका...
sassi-1524371788.jpg
अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्षमा सानोभाइ कार्की निर्वाचित
मकवानपुर थाहानगरको जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की अखिल नेपाल शिक्षक संघको तेस्रो अधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्बाचित भएका छन्...
Sano-1524370814.jpg
शिखरकोटमा घर जलेर नष्ट
उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ शिखरकोटमा शुक्रबार राती घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीमा परी पशुचौपाया, भाँडावर्तनलगायत सम्पत्ति नष्ट...
aago-1-1523640860.jpg
थाहा नगरस्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित (हेर्नुहोस् नतिजा सहित)
थाहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयहरुबाट लिईएको कक्षा–८ को नगर स्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । २७ चैत्रमा नगरशिक्षा...
Result-Cover-1523446930.jpg
थाहानगरमा कक्षा ८ को नतिजा प्रकाशन: कुन विद्यालयको स्थान कहाँ ?
थाहा नगरपालिका क्षेत्रका विद्यालयहरुमा संचालन भएको कक्षा ८ को नगरस्तरीय परीक्षामा सरस्वती विद्या मन्दिर नगरकै उत्कृष्ट विद्यालय हुन सफल भएको छ ।...
RIng-Out-1523462744.jpg