Tuesday, 23rd January, 2018
वि.स.

प्राधिकरणको बैठक भत्ता बढ्यो ३६०%

NEA-1503545102.jpg

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले ३६० प्रतिशत बढाएर लिन थालेका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समिति बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई ९ हजार रुपैयाँ पुर्‍याएका हुन् ।

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो भन्दै ८ भदौको कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको छ । फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सदस्यसचिव र आमन्त्रित सदस्यले ९ हजारका दरले बैठक भत्ता लिन थालेका छन् । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित ७ सदस्य छन् । समितिको बैठकमा ऊर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई समेत आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बतायो ।
 
घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ । नाफामा रहेका सरकारी निकायमध्ये राष्ट्रबैंकले ५ हजार र नेपाल टेलिकमले ४ हजारका दरले सञ्चालकहरूलाई बैठक भत्ता दिन्छन् । प्राधिकरणजस्तै घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले सञ्चालकहरूलाई बैठक भत्ता २ हजार रुपैयाँ मात्र दिने गरेको छ ।

सञ्चालक समितिमा ऊर्जा सचिव उपाध्याय अध्यक्ष, अर्थसचिव शान्तराज सुवेदी, चन्द्र टण्डन, उमेश थानी, भक्तबहादुर पुन, चेतराज जोशी सदस्य तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्यसचिव छन् । अध्यक्ष रहेका ऊर्जा सचिव उपाध्याय आफूभन्दा कनिष्ठ भएकाले अर्थसचिव सुवेदी भने कुनै पनि बैठकमा जाने गरेका छैनन् ।

सञ्चालक समितिले सञ्चालक या बाहिरका विज्ञको अध्यक्षतामा गठन हुने समिति, उपसमिति, पदपूर्ति समिति, पुनरावलोकन समिति र मेडिकल बोर्डका अध्यक्ष/संयोजक र सदस्यहरूको बैठक भत्तासमेत दोब्बर बढाएको छ । सञ्चालक समितिको असार २९ मा बसेको बैठकले समिति, उपसमिति, पदपूर्ति समिति लगायतको बैठक भत्ता बढाएको हो । सञ्चालक समितिले सञ्चालक या बाहिरका विज्ञको अध्यक्षतामा गठन गरेका कमिटीका संयोजक र सदस्यको बैठक भत्ता १५ सयबाट बढाई ३ हजार पुर्‍याएको हो । सञ्चालक समितिले प्राधिकरणका सञ्चालकबाहेक प्राधिकरणका पदाधिकारीको संयोजकत्वमा गठन गर्ने समितिको संयोजक र सदस्यको भत्ता १ हजारबाट बढाएर १५ सय पुर्‍याएको छ । 

प्राधिकरणका सञ्चालक संयोजक रहने पदपूर्ति तथा पुनरावलोकन समितिका पदाधिकारीको भत्ता १५ सयबाट बढाएर ३ हजार पुर्‍याइएको छ । मेडिकल बोर्डका पदाधिकारीको भत्ता भने १५ सयबाट बढाएर २५ सय पुर्‍याइएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक संयोजक रहने कमिटीका पदाधिकारीलाई १५ सय र प्राधिकरणका ११ तह वा त्यसभन्दा तलका अधिकारी संयोजक रहेको समितिका पदाधिकारीलाई ८ सय भत्ता तोकिएको छ । यसअघि प्राधिकरणमा नियमित तलब खाने आफ्ना कर्मचारीको संयोजकत्वमा गठन हुने समितिका पदाधिकारीलाई बैठक भत्ता दिइन्नथ्यो ।




loading...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg