Wednesday, 20th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

बालिका दिवसमा इन्द्रसरोवरमा वक्तृत्वकला सम्पन्न

FB_IMG_1539273536903-1539275905.jpg

सातौँ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा इन्द्रसरोवर गाँउपालिकामा "बालिकाहरूको लागि अवसर र चुनौती" विषयक वक्तृत्वकला प्रतियोगिता  सम्पन्न भएको छ  । इन्द्रसरोवर गाँउपालिका तथा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र वडा स्तरीय बाल सञ्जाल ५ नं वडाको आयोजनामा कार्यक्रम भएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा ५ नं वडा बालक्लब सञ्जालका अध्यक्ष सविना कार्कीको अध्यक्षता रहेको थियो । 


वक्तृत्वकला प्रतियोगितामा कालीदेवी माद्यामिक विद्यालय चखेलका छात्रा अनिता लो प्रथम, श्री महाचुनी माद्यामिक विद्यालय खड्बुका सविना थिङ  द्वितीय  र  महाचुनी मा.वि. कै जयन्ती विष्ट तृतीय भएका छन् ।


महाचुनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।


साथै कार्यक्रमका बिछ श्री महाचुनी मा.वि.का अपाङ्गर दलित छात्राहरुलाई छात्रवृत्ती पनि वितरण गरिएको थियो । 
कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि महर्जनले इन्द्रसरोवर गाउँपलिकाको वडा नं ५ बालमैत्री वडा भएकाले पनि उक्त ठाउँमा बालबालिकाहरुको लागी प्रतियोगितात्मक कार्यक्रमले विशेष महत्त्व राख्ने बताए । 
महाचुनी माविका प्रधानाध्यापक शान्तलाल लामाले भने बालबालिकाहरू बीच गरिने यस्ता प्रतियोगितात्मक  कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक र तार्किक क्षमता अभिवृद्धि हुने बताए ।


बक्तृत्वकला प्रतियोगितामा निर्णायकको भुमिका भने संचारकर्मी पुष्कल गोले सागरले निर्वाह गरेको थियो ।
छात्रा शुष्मा नगरकोटी र छात्र प्रदीप वाइबाले सञ्चालन गरेको उक्त कार्यक्रममा बालक्लब सञ्जालका उपाध्यक्ष प्रेक्षा लामाले स्वागत मन्तव्य गरेको प्रधानाध्यापक शान्तलाल लामाले जानकारी दिए ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG