Monday, 22nd January, 2018
वि.स.

भूकम्पपीडितको लागि ट्याक्सीको गोलाप्रथा

taxi-sss-1497943921.jpg

 जेठ, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको हो ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा। टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । यो कार्यक्रम टिभीमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन् ।

विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ ।
सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।
अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ । निर्वाचान आचारसंहिताका कारण पटक(पटक गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो । 

अनलाइन खबरबाट 

 




loading...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg