Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

भूकम्पपीडितलाई एक लाख अनुदान थपियो

सरकारले भूकम्पपीडितलाई अनुदानस्वरुप राहत रकम बढाएर ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि २ लाख दिने निर्णय भएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणको अनुदान रकमअन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् राजधानी दैनिकमा समाचार प्रकाशन भएको छ ।







Plant-1526723778.JPG