Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

मकवानपुरको कैलाश गाउँपालिकाले गर्‍यो मुलुकमै पहिलोपटक शिक्षक दरबन्दी मिलान

Kailas-1536237176.jpg

स्थानीय तहको निर्बाचन भएपछि बनेका गाउँ-नगरस्तरीय ऐनहरूको कार्यान्वयन फितलो भइरहँदा मकवानपुरको कैलाश गाउँपालिकाले गाउँ शिक्षा ऐन–२०७५ को कार्यान्वयन गरी शिक्षक दरबन्दी मिलान गरेको छ। देशभर रहेका ७५३ वटा स्थानीय तहमध्ये कैलाशले पहिलोपटक दरबन्दी मिलान गरेको हो।

कैलाश गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ५१ वटा विद्यालयहरूमा विद्यार्थी तथा शिक्षकको संख्याको अध्ययन गरी दरबन्दी मिलान प्रक्रिया सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए। ‘शिक्षकको अभाव झेल्दै आएका विद्यालयहरूका लागि कम विद्यार्थी रहेका विद्यालयहरूबाट शिक्षकहरू दरबन्दीसहित तानिएको छ’, अध्यक्ष मुक्तानले भने,‘३ जना विद्यार्थीका लागि २ जना शिक्षक राखिरहनु आवश्यक देखिएन।’ त्यस्ता कम विद्यार्थी भएका विद्यालयलाई अन्यत्र मर्ज गर्ने वा बाल विकास केन्द्रमा परिणत गर्नेबारे अध्ययन भइरहेको उनले बताए।

कैलाश गाउँपालिकाको कालिका प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना संख्या ११ र नियमित पढ्न आउने विद्यार्थीको संख्या २ जना तथा ३ जना विद्यार्थी पढाउनका लागि राहत शिक्षक दुई जनाको व्यवस्था भएको पाइएको अध्यक्ष मुक्तानले बताए। नेपालको संविधानको धारा २२६, अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम बनेको कैलाश गाउँपालिकाको गाउँ शिक्षा ऐन–२०७५ को दफा ३३ बमोजिम दरबन्दी मिलान गरिएको हो। दरबन्दी मिलानका लागि गाउँ कार्यपालिकाको २०७५ असार ८ गते बसेको बैठकले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने नीति अबलम्बन गरी स्थायी, अस्थायी, राहत तथा इसिडीका समेत दरबन्दी मिलान गर्न सुझाव दिने गरी सामाजिक विकास समितिलाई म्यान्डेट दिएको थियो।

सामाजिक विकास समितिले २०७५ असार ३० गते पेस गरेको प्रतिवेदनका आधारमा दरबन्दी मिलान तथा काज सरूवा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरबन्दी मिलान गरेपछि ९ जना शिक्षकलाई साबिकमा काम गरिरहेकामा विद्यार्थी चाप रहेका अन्य विभिन्न विद्यालयहरूमा दरबन्दीसहित पठाइएको छ।

दरबन्दी मिलानपछि अध्ययन-अध्यापनमा केही सहज हुने उनले अध्यक्ष मुक्तानले बताए। ‘केन्द्र सरकारले पनि दरबन्दी मिलानको तयारी गरिरहेको भन्ने सुनेका छौँ’, अध्यक्ष मुक्तानले भने,‘केन्द्रको कुरा पर्खिरहँदा यता विद्यार्थीहरूको भविष्य अन्यौल हुने भएकाले गाउँ शिक्षा ऐनको कार्यान्वयन गरिएको हो।’

गाउँपालिकाभित्रका विद्यालयहरूबारे अपनत्वग्रहण गरी सुधारको प्रयास गरिएको भन्दै मुक्तानले सुधार प्रयासका लागि केन्द्र सरकारको बाटो हेर्नु भन्दा आफूलाई प्राप्त संवैधानिक अधिकार उपयोग गर्न स्थानीय सरकारहरू अघि बढ्नुपर्ने तर्क गरे। उनले भने,‘संघीयतामा केन्द्रीयता पर्खेर बस्ने हो भने कहिले हुन्छ सुधार?’ कैलाश गाउँपालिकामा ५१ वटा विद्यालय रहेका छन्। पाँचवटा माध्यामिक तहको, ५ वटा आधारभूत तहको र बाँकी प्राथमिक तहका विद्यालयहरू रहेका छन्। सरकारको मान्यता अनुसार मावि तहमा २७ जना शिक्षक हुनुपर्नेमा जम्मा ७ वटा मात्रै रहेको छ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png