Saturday, 20th January, 2018
वि.स.

मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
परियोजनाबाट कृषकहरुले ५० देखि ८५ प्रतिशतसम्म अनुदान समेत पाउनेछन्

कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहा नगरपालिका वडा नंम्बर ३ मा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यालय स्थापना भएको छ । परियोजना कार्यान्वयन इकाइ (तरकारी जोन) को रुपमा कार्यालय स्थापना भएको हो । कृषिको चार वटा संवाहक सुपर जोन, जोन, ब्लक र पकेट अन्तर्गत यहाँ जोन स्थापना भएको हो । 

यो मकवानपुरकै पहिलो कृषि जोन हो । यस जोन अन्तर्गत थाहा नगरपालिकाको १ देखि १० नम्बर वडासम्म  र इन्द्रसरोवर गाउँपालिकाको पाँचवटै वडा रहेको छ । जोन स्थापना भएपछि कृषकहरुले हाल अपनाइरहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न थप मद्दत मिल्ने जनाइएको छ । कृषि पेशालाई थप व्यवस्थित गर्न कृषिमा यान्त्रिकीकरण, ट्रयाक्टर र पावर टेलर प्रविधिको विकासका लागि औजारहरुको अनुदान र सेवा सुविधाका लागि थप कल्याणकारी कृषि कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए ।

परियोजना सञ्चालन भएसँगै थाहानगरका १० वटा वडा र इन्द्रसरोवर गाउँपालिकामा विशेष तरकारी खेती कार्यक्रम सञ्चालन हुने भएको छ । यो परियोजनाबाट  स्थानीय किसानलाई लाभ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई पालुङका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत सुजन आम्गाईले बताए । तरकारी उत्पादनको उर्वर क्षेत्र मानिएको थाहानगर र इन्द्रसरोवरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषिलाई आधुनिकीकरण गर्न खोजिएको इकाई प्रमुख आम्गाईले बताए । जोन परियोजना कार्यान्वयन इकाइ मार्फत व्यवशायीक तरकारी उत्पादनलाई जोड दिनूका साथै कृषकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु, उन्नत खेती प्रविधि प्रदर्शनीलगायतको कार्यक्रमहरु संचालन हुने भएको छ । कृषि उपज उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने कार्याक्रमका लागि परियोजनाबाट कृषकहरुले ५० देखि ८५ प्रतिशतसम्म अनुदान समेत पाउनेछन् । 

थाहा र इन्द्रसरोवरका लागि यसवर्ष करिब १ करोड २२ लाखको कार्यक्रम रहेकोकोे प्रमुख आम्गाईले बताए । उनले भने–‘कार्यालय स्थापना, व्यवस्थापन लगायतको कार्य संचालन गर्नुपर्ने भएकोले कृषकसमक्ष पुग्ने कार्यक्रम यसवर्ष अलि कम हुन सक्छ ।’ आगामि वर्षहरुमा कार्यक्रम र बजेट समेत वृद्धि हुने उनको भनाइ छ । जोन अन्तर्गत संचालन हुने कार्यक्रम अधिकांश कृषकको मागको आधारमा संचालन हुनेछन् । ‘कृषकहरुको माग सबैभन्दा बढि के मा हुन्छ त्यसलाई हामी योजना बनाउँछौं, कार्यान्वयन गर्छौ–‘प्रमुख आम्गाईले भने ।’  जोन मार्फत संचालन हुने कार्यक्रम सिधै व्यक्तिमा पुग्दैनन् । जोन कार्य क्षेत्रमा रहेका क्रियाशील कृषक समूहहरु, कृषि सहकारी, कृषि फर्मलगायत मार्फत सेवा तथा अनुदान कृषकहरु समक्ष पु¥याउने प्रावधान रहेको छ । 

जोन स्थापना भएपछि अब किसानहरूले अत्याधुनिक कृषि प्रविधि अपनाएर उत्पादनमा समेत वृद्धि गर्ने र उच्च गुणस्तरको तरकारी उत्पादन गरेर राम्रो मूल्य लिन सक्ने उनले बताए । जोन कार्यालयमा एक वरिष्ठ कृषि अधिकृत, एक कृषि अधिकृत, एक लेखापाल, एक खरिदार, एक प्राविधिक सहायक, एक कृषि विज्ञ, एक कार्यालय सहयोगी र दुईजना इन्टर्नका व्यक्ति हुनेछन् । तर शिखरकोटमा स्थापना भएको जोन कार्यान्वयन इकाई कार्यालयमा जम्मा ६ जना मात्र कर्मचारी रहेका छन् । 

कृषि जोन स्थापना गर्न सो क्षेत्रमा कम्तीमा पाँचसय सय हेक्टर जग्गामा तरकारी खेती गरिएको हुनुपर्ने प्रावधान छ । आर्थिक वर्ष २०७३÷०७४ बाट शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना १० वर्षको लागि भएकोले जोन पनि सोही अन्तर्गतको कार्यक्रम भएको मन्त्रालयको भनाइ छ । जोनको अवधि कम्तिमा पनि पाँच वर्षको हुनेछ । मकवानपुरमा सुपरजोन छँदैछैन भने जोन यहि एउटा मात्र हो । त्यस्तै व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) २ वटा र साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) २५ वटा रहेको जिल्ला कषि विकास कार्यालय मकवानपुरका कृषि प्राविधिक मधुसुदन आचार्यले बताए । कृषि ब्लकका लागि एकसय हेक्टर र पकेट क्षेत्रका लागि १० हेक्टर क्षेत्रमा तरकारी खेती गरिएको हुनुपर्ने प्रावधान छ । 
 

http://bikaskhabar.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

[email protected]

भुजेल यस अनलाइनका सम्पादक हुन् । उनी विकास विटमा समाचार लेख्ने पत्रकार हुन् ।




loading...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg