Tuesday, 26th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

मकवानपुर थाहा नगरपालिकाले पायो रोजगार संयोजक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ । यस अन्तर्गत मकवानपुर थाहा नगरपालिकाले पनि रोजगार संयोजक पाएको छ । पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । थाहानगरका लागि भवानी विष्ट रोजगार संयोजक छनोट भएको प्रकाशित परीक्षामा उल्लेख छ । 

यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो । ७५३ तहकै लागि रोजगार संयोजक नियुक्त गर्न लागिएकोमा परीक्षाबाट जम्मा ५२१ जना छनोट भएका छन् । सर्टलिस्टमा परेकाहरुलाई कम्प्युटर स्कील परीक्षा लिएर परिक्षा लिई मन्त्रालयले १३ फागुनमा नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले गत ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर स्कील परीक्षा लिएको थियो ।

रोजगार संयोजकका लागि रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरुमा खटाउने छ । हरेका पालिकाका प्रशासकीय अधिकृत मातहतमा रहेर उनीहरुले बेरोजगारहरुको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस नतिजा

प्रदेश १ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रदेश २ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

प्रदेश ३ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रदेश ५ को शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

कर्णाली प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशको शाखा अधिकृत सरहको नतिजा हेर्न यहाँ  र नासु सरहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG