Monday, 18th December, 2017
वि.स.

मकवानपुरे जनता उद्योग राज्यमन्त्रीलाई गुहार्दै सिंहदरबारमा

udhyog-1511184146.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा  बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको कारण खुलाउँदै कालोपानी बाटो सुधार उपभोक्ता समितिले माननिय उधोग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सकरात्मक विचार व्यक्त गरेको ज्ञापन पत्र बुझाउन गएका समितका सदस्य अञ्जन सापकोटाले बताए ।

सो कार्यको लागि टासीलिङ खानेपानी तथा सररफाई उपभोक्ता समितिले पनि आफुलाई बाटो आवश्यक पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत असर पर्ने बताउँदै बाटोको लागि सिफारिश गरेको छ । औद्योगिक क्षेत्रमा बाटो पर्ने भएपछि त्यहाँ बसोबास गर्ने करिब  चार सय घरधुरी प्रभावित भएका छन् ।

बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्न सुझाव दिएको सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटासहित शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायतका समितिका सदस्यहरु पुगेका थिए ।




loading...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg