Sunday, 24th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

मनाइयो थाहा दिवसः रुदानेको जीवनी पाठ्यक्रममा आनुपर्छ-मन्त्री पोखरेल

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र्र बिष्टको जीवनी पाठ्यक्रममा राखेर नयाँ पुस्तालाई ‘थाहा’ दिनुपर्ने शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बताएकाछन् । ‘निष्पक्ष सक्रियतको अभ्यास’ थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्ट अर्थात रुदानेको ८५ औं जन्मजयन्तीको अवसरमा थाहा नगरपालिकाको समन्वय र ‘फरक सोच’ अभियानको आयोजनामा चौथो थाहा दिवस, तिर्थदास स्मृति सामाजिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । मन्त्री पोखरेलले आगामी बर्षदेखी नै अनिवार्य पढाउने गरि तयारी थाल्न निर्देशन पनि दिए । 

चौथो थाहा दिवसको अवसरमा विकास घर अघि रहेको रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल साथमा फरक सोच संयोजक यादवजंग रायमाझी । फोटो विकासखबर

पोखरेलले मकवानपुर जिल्ला भित्रको स्कुलमा आउने शैक्षिकसत्रमा नै रुपचन्द्र बिष्ट जीवनी पढाउने घोषणा गर्न स्थानीय सरकारलाई आग्रह पनि गरे । रुपचन्द्र बिष्ट बारे सामाग्री तयार पार्नुस, मन्त्री पोखरेलले भने,–‘म पाठ्यक्रमलाई निर्देशन दिन्छु ।’ नयाँ पुस्तामा रुदानेलाई दन्त्य कथाको नायक जस्तो बनाईन्नु हुन्न, नयाँ पुस्ताले रुदानेको बारेमा थाहा पाउनुपर्छ–मन्त्री पोखरेलले भने । 

चौथो थाहा दिवस समारोहको उद्घाटन गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल। फोटो विकासखबर

उनले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पोखरेलको भनाइ थियो । विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उहाँको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको बताए । रुपचन्द्रको जन्मदिनको अवसरमा प्रमुख अतिथी पोखरेल सहितले विष्टको शालिकमा माल्यार्पण गरेका थिए ।

चौथो थाहा दिवसको अवसरमा विकासघर अघि रहेको रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गर्दै राष्ट्रियसभा सांसद रामनारायण विडारी। फोटो विकासखबर

कार्यक्रममा रुपचन्द्र विष्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले रुपचन्द्र विष्टलाई सम्झने खास दिनमा कार्यक्रम गरेर अल्मिल्लिनू भन्दा पनि वर्षैभरी उहाँको देखाएको बाटोमा लाग्न आग्रह गरे । फरकसोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली , नेकपाका नेता बलराम बललगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गरे । कार्यक्रमका अतिथीहरुलाई फरकसोचका सुरजकुमार भुजेलले स्वागत गरेका थिए ।

चौथो थाहा दिवसको अवसरमा "थाहा पत्रकारिता पुरस्कार"बाट पुरस्कृत पत्रकार राजन दाहाल सम्मान गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल। फोटो: विकासखबर

यसैबीच थाहा दिवस समारोहको अवसरमा ‘थाहा पत्रकारिता’ पुरस्कारबाट पत्रकार राजन दाहाल पुरस्कृत भएका छन् । उनी मकवानपुरमा रहेर डेढ दशकदेखि पत्रकारिता गर्दे दाहाललाई ११ हजार १११ रुपिँया नगद सहित सम्मान गरिएको हो । उनलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । थाहा पत्रकारिता पुरस्कारको विगत चारवर्षदेखि पत्रकार प्रताप विष्टले सौजन्य गर्दै आएकाछन् । 

चौथो थाहा दिवसको अवसरमा तिर्थदास श्रेष्ठ सामाजिक सम्मान ग्रहण गदै  शिक्षाप्रेमी निरञ्जन अधिकारी । फोटो विकासखबर

यसैबीच सोही समारोहकाबीच थाहानगरको शिक्षा क्षेत्रमा योदान पु¥याएका थाहानगरका शिक्षासेवी निरञ्जन अधिकारीलाई तिर्थदास श्रेष्ठ सामाजिक सम्मान पुरस्कार प्रदान गरिएको छ भने साहित्यक क्षेत्रमा योगदान पु¥याए वापत साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जान’ र जनमुखी पत्रकारितामा योगदान पुर्याए बापत रेडियो सन्देशका अध्यक्ष सुनिल खड्कालाई पनि सम्मान गरिएको छ । समारोहमा खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा स्वर्णपदक विजेता थाहा–१० चित्लाङका आशिष थापालाई थाहा नगरपालिकाले सम्मान गरेको छ । 

चौथो थाहा दिवसको अवसरमा थाहानगरका सहहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान)लाईलाई सम्मान । फोटो विकासखबर

थाहा दिवसको अवसरमा फरकसोचले आयोजना गरेको विद्यालयस्तरीय विभिन्न प्रतियोगिता खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पाँच विद्यालयको सहभागिता रहेकोमा प्रथम भएको झम्केश्वरी मा.वि. मा प्रमोद गोले, हेमन्त प्रधान, सन्जुमाया तामाङलाई पुरस्कृत गरिएको छ भने द्वितीय भएको सुन्दरीदेवी मा.वि. का विशाल गोले, युवराज दोङ र सरिन थिङको समूह, तृतीय भएको जनकल्याण मा.वि.का आरती विष्ट, सुवोध ढकाल र गौरव ढकालको समूह पुरस्कृत भएकाछन् । त्यस्तै प्रतियोगितामा सहभागी बज्रबाराही मा.वि. मत्स्यनारायण मा.वि.लाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको छ । 

चौथो थाहा दिवसको अवसरमा अन्तराष्ट्रियस्तरमा स्वर्णपदक विजेता सितेरियो खेलाडी अशिषि थापालाई सम्मान गर्दै थाहानगर प्रमुख लवशेर विष्ट । फोटो विकासखबर

थाहा दिवसकै अवसरमा थाहा नगरस्तरीय अन्तर मावि. बक्तृत्वकला प्रतियोगितामा जनकल्याण मावि थाहा–३ का प्रथम दिपेन्द्र दियाली , द्वितीय सोफिया वस्नेत र तृतीय मोनिका खत्रीलाई पुरस्कृत गरिएको छ । त्यस्तै पालुङ क्याम्पसस्तरीय ‘रुपचन्द्र विष्ट र थाहादर्शन’ विषयक निबन्ध लेखन प्रतियोगिताका प्रथम मन्जरी बलामी, द्वितीय विजयकुमार विष्ट र तृतीय उमा घिसिङलाई पनि अवार्डसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो ।

त्यस्तै थाहा दिवसकै अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको पुरुषतर्फको तीन किलोमिटर खुल्ला दौड प्रतियोगिताका प्रथम बबिन लामा, द्वितीय रवि कार्की र तृतीय युवराज विष्टलाई पनि मेडल सहित पुरस्कृत गरिएको छ । 

चौथो थाहा दिवसको अवसरमा आयोजित समारोहका प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेललाई मायाको चिनो प्रदान गर्दै फरकसोच संयोजक यादवजंग रायमाझी । फोटो विकासखबर

कार्यक्रममा थाहानगर अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघसंस्थाका पदाअधिकारीहरु, स्थानीय अग्रहज तथा समाजसेवीहरु, थाहा खैजडी भजन समूहका ज्येष्ठ नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका अतिथीहरुलाई आयोजकले मायाको चीनो प्रदान गरेको थियो । 
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG