Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

मितेरी साकोषको १२ औँ स्थापना दिवस सम्पन्न

39905876_2012253805506052-1535106206.jpg

“सदस्यहरुको आर्थिक सक्षमताका लागि मितेरीमा अबद्धता” भन्ने नाराका साथ सहकारीता सञ्चालन गरिरहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ स्थापना दिवस सम्पन्न भएको छ । मिति २०७५ साल भाद्र ७ गते संस्थाको हलमो चियापान तथा अन्तरक्रिया कार्यक्रमको साथमा संस्थाको १२ औँ स्थापना दिवस सञ्चालन भएको हो ।


इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलमा रहेको सहकारीले ग्रामीण क्षेत्रमा रहेको पुजी परिचालनका साथै बचतमा पहुँच पुर्याउने कार्यमा प्रभावकारीता रहेको संस्थाका अध्यक्ष शान्तलाल लामाले बताए ।


इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामाको सभाध्यक्षता रहेको थियो । 
 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG