Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

मुख्यमन्त्रीको निर्देशन: जनप्रतिनिधिहरु, ठेकदारको प्रतिनिधित्व नगर्नुस्

प्रदेश( ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिलाई ठेकदारको रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । हेटौंडा आएका प्रदेशका १३ जिल्लाका जनप्रतिनिधिलाई मुख्यमन्त्री पौडेलले जनताको सेवामा लाग्न निर्देशन दिदै उनले भने, ‘हामी जनताका प्रतिनिधि हौं, ठेकेदार होइनौ । आफै नीति बनाउने र आफै व्यवसाय गर्ने हो भने जनताले दिएको मतको अवमूल्यन हुन्छ ।’

अधिकांश जनप्रतिनिधिले क्रसर व्यवसायमा लगानी गरेको भन्दै मुख्यमन्त्री पौडेलले अब जनप्रतिनिधिको लगानी सुरक्षाका लागि प्राकृतिक श्रोतसाधनको दोहन गर्न नसकिने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले आयोजना गरेको नदिजन्य पदार्थ संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पौंडेलले केही रुपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरेको भन्दैमा कसैलाई पनि प्राकृतिक श्रोतको दोहन गर्ने स्वीकृती नभएको बताए । प्रकृतिक श्रोत सबैको साझा भएकोले लगानी गरेको छु भन्दैका नीति बाहिर गएर कसैले काम गर्न नपाउने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

केन्द्र सरकारले बनाएको नदीजन्य पदार्थको उत्पादन र बिक्रीको कार्यबिधिमा टेकेर प्रदेश सरकारले कार्यबिधि तयार गरेको भन्दै मुख्यमन्त्री पौडेलले यहाँ बनेको कार्यबिधि अनुसार प्रदेश मातहतमा रहेका कुनैपनि उद्योग चल्ने अवस्थामा नरहेको बताए । प्रदेशले बनाएको कार्यविधिलाई परिमार्जित गर्दै कसरी लागू गर्ने प्रकृयामा स्थानीय तहको पनि सहकार्य आवश्यक रहेको बताए ।

राष्ट्रको समृद्धिका लागि तिनै तहको सरकारको सहकार्य आवश्यक रहेको भन्दै स्थानीयतह, प्रदेश र केन्द्र बीचको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा उद्योग पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले प्राकृतीक श्रोतमाथि रहँदै आएको मनोपलीलाई रोक्नका लागि प्रदेश सरकारले कार्यबिधि बनाएर काम गर्ने बताए ।

उनले वैज्ञानिक ढंगबाट प्रकृतिक श्रोतको उत्खनन्, बिक्री र राजश्व संकलनको प्रकृया अघि बढाउने बताए । प्रदेश सरकारले तयार गरेको नदीजन्य पदार्थ संकलन र उपयोग कार्यबिधि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कर तथा गैरकर राजस्व सम्बन्धी ऐन २०५७ को उपदफा १५ को उपदफा ५ बमोजिम अधिकारको प्रयोग गरी तयार पारिएको हो ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png