Thursday, 18th October, 2018
वि.स.
subhakamana-1538193167.gif

मुग्लिनको विकल्प खोज्दै
पर्यटन व्यवसायी बाटोको अवस्थाले गर्दा पर्यटक आगमनमा मन्दी ‘नौबिसे–दामन एकतर्फी गरिए उपयुक्त’

नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि पर्यटन व्यवसाय धराशायी बनेको भन्दै सौराहाका व्यवसायी वैकल्पिक मार्गको खोजीमा जुटेका छन्। पर्यटक आवागमनमा समस्या भएपछि क्षेत्रीय होटल संघ सौराहाको अगुवाइमा विकल्पको खोजी सुरु गरिएको हो। 

व्यवसाय चौपट हुन लागेपछि संघका पदाधिकारीले हालै मुग्लिन सडकको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा सडक स्तरोन्नतिको काममा सम्बन्धित निकाय उदासीन रहेकाले ढिलाइ भएको संघले जनाएको छ। निरीक्षणका क्रममा ठाउँठाउँमा पहिरोको जोखिम रहेको, जाम खुल्न घण्टौं कुर्नुपर्ने हुँदा पर्यटकले ‘बुकिङ’ रद्द गर्ने पाइएको छ। संघको टोलीले नौबिसे–दामन–हेटौंडा हुँदै भरतपुरसम्म सडकको अवस्थाबारे निरीक्षण गरेको हो। संघले वैकल्पिक मार्ग खोजी गरी पर्यटक आगमन सहज बनाउने निर्णय गरेको जनाएको छ। 

‘सडक निर्माणमा सरकारी संयन्त्र उदासीन बनेको देखियो,’ संघका द्वितीय उपाध्यक्ष भेषराज दुवाडीले भने, ‘सडक अवरुद्ध हुँदा एयरलाइन्सलाई फाइदा भए पनि सडकबाट दैनिक खाद्यान्न, निर्माणका सामानसमेत ढुवानी गर्न समस्या छ।’ उनले बाटोको अवस्थाका कारण सौराहा आउने पर्यटकले धमाधम बुकिङ रद्द गर्नु दु:खको कुरा भएको बताए। निरीक्षणको क्रममा नौबिसे–हेटौंडा सडक उपयुक्त ठहरिएको संघले जनाएको छ। यो सडकमा एकतर्फी मात्र यातायात सुचारु गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई संघले आग्रह गर्ने भएको छ। हाल अधिकांश पर्यटन व्यवसायीले यही मार्ग प्रयोग गर्दै आएका छन्। 

ठूला सवारी साधनले गर्दा यस मार्गमा जाम हुन थालेको छ। ट्रक र यात्रुबाहक बसले गर्दा साना सवारीमा यात्रा गर्नेले सास्ती खेप्नुपर्ने बाध्यता छ। घुम्ती धेरै भएकाले लामा तथा लोड बढी भएका सवारी साधनलाई यो खण्ड उपयुक्त नहुने र एकतर्फी गर्न सकिए पर्यटकलाई राहत मिल्ने व्यवसायीको ठहर छ। ‘हाल बाटोको अवस्थाले गर्दा पर्यटक आगमनमा मन्दी आएको छ,’ संघका महासचिव रामणि खनालले भने, ‘सरकारी निकाय गम्भीर हुन जरुरी छ, वैकल्पिक मार्गको खोजी नगरिए व्यवसाय चल्न नसक्ने भएको छ।’ उनले जिल्लाका सरोकारवाला निकायको ध्यानाकर्षण गरिने बताए। 

सौराहामा १ सय १० होटल छन्। नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेर सडक अवरुद्ध हुने क्रम बढेसँगै पर्यटक आगमन ५ देखि ७ प्रतिशतमा झरेको छ। अफ सिजन भए पनि विगतका वर्षहरूमा २५ देखि ३० प्रतिशतसम्म पर्यटक हुन्थे। ‘वैकल्पिक मार्गको बारेमा जिल्लामा सांसद, सुरक्षा निकाय, ट्राफिक प्रहरी, उद्योगी व्यवसायीसँग बसेर छलफल गर्छौं,’ संघका अध्यक्ष सुमन घिमिरेले भने, ‘त्यसपछि ट्राभल एजेन्सीदेखि सम्बन्धित निकायलाइ जानकारी गराउँछौं।’ 

उनले वर्षातपछि दिउँसो सडक बन्द गरेर भए पनि तीव्र गतिमा काम गर्नुपर्ने सुझाए। उनका अनुसार साना सवारी साधनले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। त्यस्तै मलेखु–भण्डारा चेपाङ मार्गको अवस्था बुझेर उक्त सडकलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग ल्याउनमा लागिपर्ने अध्यक्ष घिमिरेले बताए। यो सडक ६२ किलोमिटर छ।  

 विदेशीको तुलनामा हाल हवाईमार्ग प्रयोग गर्नेमा नेपाली धेरै रहेको व्यवसायीले बताए। ‘बाह्य पर्यटकलाई आगमनमा समस्या भएको छ,’ अध्यक्ष घिमिरेले भने, ‘व्यवसायी गम्भीर भई पर्यटक भित्र्याउन लागिनपरे सिंगो जिल्लाको होटल व्यवासाय प्रभावित बन्ने निश्चित छ।’ 

मुग्लिन सडकखण्ड समयमै निर्माण गर्नका लागि व्यवसायीले दबाब समूह गठन गर्ने जनाए। जोखिम क्षेत्र आसपास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी क्याम्प राखेर पहिरो खस्दा तुरुन्तै पन्छाउने व्यवस्था हुनुपर्नेमा व्यवसायीको जोड छ। 

बिमल खतिवडा, कान्तिपुरबाट




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई
नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर...
IMG_20181018_113817-1539842036.jpg
जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता...
Final-banda-2-1537416039.jpg
नगर प्रमुख विष्टले प्रदेश–३ को स्थायी राजधानी थाहानगरलाई प्रस्ताव गरेपछि सांसदहरुले के भने ?  
मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको...
IMGL0233-1539182292.JPG