Tuesday, 23rd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

मृगौलापीडित भुजेललाई आर्थिक संकट

त्रिभुवन राजपथदेखि अलि तलतिरको घर । त्यो पनि किच्ची । घरैमाथिबाट दैनिक सयौ सवारी हुइँकिरहेका हुन्छन् । उसैगरी सवारी हुइँक्याउँदै परिवार जेनतेन धानिरहेका एक व्यक्ति हुन्, गगन बहादुर भुजेल । छ महनिा अघिदेखि सामान्य विरामी भएका मकवानपुर थाहा नगरपालिका वडा नं. ४ नयाँगाउँका उनै गगन बहादुर २ महिनादेख थला परेका छन् । ‘मान्छेको ज्यान न हो, खाइ नखाई गाडीको टिप भ्याउन होस् वा समयमै गन्तव्यमा पुगी साहुँ रिजाउन दौडा दौडी गरेँ त्यसकै नतिजा भोग्दैछु’, गगन बहादुर भुजेलले भने । भुजेलको दुवै मृगौला फेल भएको छ । डाक्टरका अनुसार उनको मृगौलाले काम गर्दै गर्दैन, फेर्नुपर्छ । मृगौला प्रत्यारोपन नेपालमै हुने भएपछि श्रीमति तुलसीमायाले एउटा मृगौला दिन तयार भएकी छिन् । ‘यसका लागि कानूनी प्रक्रिया सकियो, पैसा छैन–तुलसीमायाले गहभरी आँशु पार्दै भनिन् । गगन बहादुरको मृर्गौला प्रत्यारोपण गर्नका लागि करिब १५ लाख रुपियाँ चाहिने उनी बताउँछन् । ‘ऋणधन गर्दागर्दै ७÷८ लाख सकिसक्यो, मनकारीहरुले सहयोग गरे बाँच्ने आश छ’–भुजेलले भने ।  

श्रीमान् थला परेदेखि श्रीमति तुलसीमाया उस्तै चिन्तामा छिन् । आर्थिक अवस्थाले धान्न नसकेपछि यसै शैक्षिकसत्रबाट छोराछोरीलाई बोर्डिङबाट सरकारी स्कूलमा भर्ना गरेकी छिन् । भुजेल दम्पत्तीका एक छोरा र एक छोरी छन् । छोरा प्रशान्त कक्षा ७ र छोरी प्रश्ना ५ कक्षामा गाउँकै जनकल्याण माध्यमिक विद्यालमा पढ्छन् । बाबुआमा मात्रै हैन छोराछोरी पनि उस्तै मिहिनती छन् । तर, सँधै आर्थिक संकट । थोरै बारीमा रोपेको तरकारी बिक्रिबाट घर धान्ने तुलसीमाया श्रीमान्को लागि धेरै पैसा चाहिने भएपछि चिन्तामा छिन् । भुजेल दम्पत्तीको पाखो बारी छ, त्यो पनि थोरै । घर चलाउनै मुस्किल परिवारका उनीहरुलाई गगन बहादुर विरामी पर्दा साह्रै संकट परेको छ । उपचारको लागि गाउँमै चन्दा संकलन पनि गरे । बाबु २ महिनादेखि अस्पतालमा उपचारको लागि लगेपछि छोराछोरी पढ्न मन गर्दैनन्, तुलसीमायाले भनिन् । थाहा नगरपालिकाले सहयोगको लागि सिफारिस बनाइदियो, पैसाको भरथेग गरेन । नगरपालिकामा यस्ता विरामीको उपचारको लागि अनुदान दिने कुनै स्रोत र निर्णय नभएको कार्यालयले जनायो । 

गगन बहादुरले पाटन अस्पताल ललितपुरमा मृगौला डायलोसिस गराइरहेका छन् । उनी अहिले भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रको दैनिक फलोअप चेकअपमा छन् । मृगौला प्रत्यारोपणका लागि हुने अप्रेशनकै लागि छ लाख रुपियाँ चाहिने गगन बहादुरले बताए । गगनलाई श्रीमतीको मृगौला प्रत्यारोपण गरेर आफू स्वस्थ हुन मन छ । पैसा जुटाउनै नसकेर उनले श्रीमती तुलसीमायाको एउटा मृगौला उनमा प्रत्यारोपण गर्न सकेका छैनन् । यसका लागि साथीसंगी र मनकारीहरुलाई सकेको आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छन् । 

मकवानपुर थाहा नगरपालिकाले सहयोग गरिदिन मनकारीहरुलाई गरेको सिफारिस:


 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg