Monday, 25th June, 2018
वि.स.
Add-1528205502.jpg

यस्तो छ, थाहानगरको कुन्छाल गाउँको सहरमा चर्चा

Pramod-1526293286.jpg

मकवानपुरको कुन्छाल गाउँ गोपालीहरूका कारण चर्चित छ । त्यहाँ ग्वाली अर्थात् नेपालको पहिलो वंश गोपाल (जो आफूलाई अहिले गोपाली भन्छन्) को बसोबास छ ।
पुर्ख्याैली पेसा गाईपालन भए पनि अचेल पूरै गाउँ खेतीकिसानीमा निर्भर छ । तर, प्रमोद गोपालीलाई किसान मात्र भनेर चिनाउन मिल्दैन । उनी चित्रकलामा पनि संलग्न छन् । गाउँलेहरू उनलाई ‘किसान चित्रकार’ भन्छन् ।

उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । भैंसी पालेका छन् । त्यसको चाकरी गर्नैपर्‍यो । यसमै समय बित्छ । तर, कसैले साइनबोर्ड, ब्यानर वा नम्बर प्लेट बनाइदिन भन्यो भने उनी नजिकैको बज्रबाराही बजारमा रहेको ‘थाहा आर्ट’ पुग्छन् । यो उनको पसल हो जहाँ बोर्ड लेख्ने, नम्बर प्लेट बनाउनेजस्ता काम गरिन्छ । ‘चित्रकलाबाट गुजारा चल्दैन जस्तो लागेर पढाइ छोडें,’ हालको दिन काठमाडौंमा भेटिएका उनले भने, ‘तर, रङहरू छोड्न सकिनँ ।’
No automatic alt text available.
प्रमोदले आफ्नो निवासमा माछापुच्छ्रे र अमादब्लम हिमालका चित्र सजाएका छन् । ती उनैले कोरेका हुन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षण घुम्न गएका बेला त्यहाँका जीवजन्तु नियालेछन् । तिनलाई पनि क्यानभासमा उतारेर घरमै टाँगेको बताए । ‘मेरा तिनै चित्रहरू देखेर लभ ग्रिन नेपाल–जापानका सर–मिसले कुन्छाल गाउँको चित्र बनाऊ भन्नुभयो,’ उनी सुनाउँछन्, ‘सधैं अरू ठाउँको चित्र बनाएर आफ्नै गाउँ बिर्सेको रहेछु । उहाँहरूले सम्झाइदिनुभयो ।’

पाटनको नेवा छेँ ग्यालरीमा हाल उनका चित्र प्रदर्शनीमा राखिएका छन् । ‘कुन्छाल’ शीर्षक १० चित्रमा उनले ल्यान्डस्केप उतारेका छन् । इँटा–माटोका झुरुप्प घरहरू, हँसिला केटाकेटी, हलो जोत्दै गरेका किसान, हाकु–पटासीमा सजिएर भारी बोकिरहेका महिला, उकाली–ओराली बाटोलाई प्रमोदले चित्रको विषय बनाएका छन् । ‘हाम्रो गाउँ भर्खरै पर्यटकीय गन्तव्य घोषित भएको छ,’ उनले भने, ‘होमस्टे पनि सुरु गरेका छौं । यसका लागि मेरो चित्रले केही सहयोग गरून् भन्ने चाहन्छु ।’
Image may contain: indoor
गाउँमै एउटा आर्ट ग्यालरी खोल्ने सपना देखेका उनी कुनै बेला ललितकला क्याम्पसमा चित्रकला पढ्थे । वि.सं. २०६२ मा इन्टर (कक्षा १२) सकेर उनी गाउँ फर्किए । साइन बोर्डहरू लेख्न थालेँ ।’ अहिले चित्रकलाको बजार बढेको देख्दा उनी आफ्नो कौशल निखार्ने सोच्दैछन् ।
प्रमोदकै गाउँका निरन गोपालीजस्ता युवा पनि चित्रकलामा रुचि देखाइरहेका छन् । निरनको पेन्टिङ नेवा छेँमा राखिएको पनि छ । लभ ग्रिन नेपाल–जापानका मासाओ आइकावाले ऐतिहासिक गाउँ र जातिलाई क्यामरामा कैद गरेको बताए । कुन्छालको होमस्टेमा सहयोग पुगोस् भनेर चित्रकला प्रदर्शनी आयोजना गरेको यसका संयोजक विमल दुलालको भनाइ छ ।  सहरमा कुन्छाल गाउँ शिर्षकमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

हेर्नुस् भिडियोः

 

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

थाहानगरको बजेट ५१ करोडः सामाजिक विकासलाई प्राथमिकता 
सामाजिक विकासलाई प्राथमिकतामा राख्दै मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट नगरसभा समक्ष पेश गरेको छ । थाहा नगपालिकाका उपप्रमुख...
Kha-1529845750.JPG
थाहामा उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनात्मक अन्तरक्रिया सम्पन्न
मकवानपुर थाहा नगरमा उपभोक्ताहित सम्बनिध एक दिने सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशाशन कार्यालय मकवानपुरको आयोजनामा...
20180623_122914-1529814814.jpg
एसईई नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?
मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।एसर्इर्इको...
national-examination-boar-1529762732.jpg
विकासे खेती रुपचन्द्रबाट : माननिय विडारी
पालुङको बिकासे खेती रुपचन्द्रबाट सुरु भएको निवर्तमान सांसद तथा वरिष्ठ निवक्ता रामनारायण बिडारीले बताएका छन् । रुपचन्द्र बिष्टको १९ औं स्मृतिमा...
DSC_0181-1529658040.jpg
इन्द्रसरोवरमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न भएको छ । वडाका एकल महिलाहरुको लागि एक दिवासिय कृषि...
35792927_230459541095201_-1529651647.jpg

लोकप्रिय समाचार

बजेट भाषणमै आयो चित्लाङ थानकोट सुरुङमार्ग
सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब गणेशमानमार्गकोकाठमाण्डौको थानकोटदेखि मकवानपुर थाहा नगरपालिकाकोचित्लाङ...
place-1527597021.jpg
थाहानगरमा अमिट बन्यो प्रहरी निरीक्षक पासवानको प्रभाव
इलाका प्रहरी कार्यालय पालुङमा सेवारत् प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान सरुवा भएकाछन् । वि.सं. २०७३ साल माघ २८ गते यहाँ हाजिर भएका पासवान २०७५...
BKP-1529338556.jpg
मृगको बच्चा इलाका प्रहरि पालुङलाई हस्तान्तरण
थाहा नगरपालिका वडा नं. ४ शिखरकोटको नागदहमा मृगको बच्चा फेला परेपछि उक्त बच्चा इलाका प्रहरि कार्यालय पालुङलाई हस्तान्तरण गरिएको छ । शनिवार राति ९ः००...
MIRGA-1527956021.jpg
थाहा नगरबासीको सपना साकार, बन्ने भयो "शीतभण्डार"
मकवानपुर थाहा नगरपालिकामा शीतभण्डार निर्माणका लागि सम्झौता भएको । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको काला भैरब चौरमा शीत भण्डार निर्माणका लागि थाहा...
CV-01Cold-1528117971.jpg
किन आकाशबाट हिलो सहितको पानी पर्दैछ ?
मकवानपुरको थाहानगरलगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । २ असार विहान परेको पानीसंगै हिलो आएको हो । केहि दिनयता आकाशबाट परेको पानीमा हिलो...
Hilo-1529129245.jpg