Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

लामा भन्छन्-‘यस कारण पनि मैले नै थाहाको नेतृत्व गर्नेछु’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को थाहा नगरकमिटी कसको नेतृत्वमा बन्ला भन्ने चासो बढिरहेको बेला पूर्व माओवादीका थाहा नगर उपाध्यक्ष विनोद लामाले अब बन्ने नेकपा थाहा नगर कमिटीको अध्यक्षमा आफ्नो दावी रहने बताएका छन् । विकासखबर डटकमसँग कुरा गर्दै पूर्व माओवादी नगर उपाध्यक्ष लामाले यस्तो दावी गरेका हुन् ।

केन्द्रमा एकीकरण भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा एकीकरण बाँकी रहेको बेला लामाले थाहानगरमा एकीकरण हुँदा आफू अध्यक्ष बन्ने दावी गरे । उनले भने, ‘पूर्व माओवादी कार्यकर्ताहरुले स्थानीय निर्वाचनमा थाहा नगरमा माओवादी उमेदवारलाई जिताउन मैले खेलेको भूमिका, संगठन विस्तार र राजनीतिक अडानका कारण मलाई नगर अध्यक्ष सिफारिश गर्नेमा म विश्वस्त छु ।’

नेकपाको नेतृत्व बाँडफाँडका क्रममा थाहा नगर पूर्व माओवादीको नेतृत्वमा बन्ने छ भन्ने आधारमा उनको यो भनाइ आएको हो । नेकपाले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छरु। यसकै आधारमा प्रदेश–३ को मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

१ सय ४५ सदस्यीय हुने जिल्ला कमिटीका लागि पूर्व माओवादीले सचिबमा विष्णु विष्टसहित  ७२ जनाको नाम सिफारिश गरेको छ जसमा पूर्व माओवादीका नगर अध्यक्ष अरुण रायमाझीको नामसमेत छ । ‘उहाँ (अरुण रायमाझी)लाई जिल्ला कमिटीमा सिफारिश गरिसकिएको छ, यसअघि उहाँ जनमोर्चादेखि माओवादीसम्म ५ पटक अध्यक्ष भैसकेको र पूर्व माओवादी जिल्ला सचिवालय सदस्य समेत भइसकेकोले उहाँलाई जिल्लामा सिफारिश हुनु स्वभाविक हो, नगरको नेतृत्व मैले गर्नेछु ’ लामाले भने ।

जिल्लामा नेतृत्व टुङ्गो लागिसकेपछि अब स्थानीय कमिटीहरुको नेतृत्व विषयमा छलफल हुनेछ । थाहा नगरको नेतृत्व लगभग पूर्व माओवादीले पाउने पूर्व माओवादीको एक नेताले बताए । १ सय ४५ सदस्यीय हुने जिल्ला कमिटीका लागि पूर्व माओवादीले सचिबमा विष्णु विष्टसहित  ७२ जनाको नाम सिफारिश गरेको छ जसमा पूर्व माओवादीका नगर अध्यक्ष अरुण रायमाझीको नामसमेत छ । ‘उहाँ (अरुण रायमाझी)लाई जिल्ला कमिटीमा सिफारिश गरिसकिएको छ, यसअघि उहाँ जनमोर्चादेखि माओवादीसम्म ५ पटक अध्यक्ष भैसकेको र पूर्व माओवादी जिल्ला सचिवालय सदस्य समेत भइसकेकोले उहाँलाई जिल्लामा सिफारिश हुनु स्वभाविक हो, नगरको नेतृत्व मैले गर्नेछु ’ लामाले भने ।

नेकपाको संगठन संरचना अनुसार प्रदेश कमिटी न्यूनतम १७५ सदस्यीय हुने भनिएको छ । तर, संगठन निर्माण गर्दा प्रदेशको आकार अनुसार फरक–फरक हुने प्रस्ताव छ । यस्तै, ७७ वटा प्रस्तावित जिल्ला कमिटी न्यूनतम १ सय २५ सदस्यीय हुने, तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पाँचजनाका दरले संख्या थप्न सक्ने प्रस्तावित विधानमा उल्लेख छरु। सोही अनुसार मकवानपुरमा १ सय ४५ सदस्यीय कमिटी हुने र त्यसमा एमाले–माओवादीको ६०/४० अनुपातमा सदस्य रहने भनिए पनि लगभग दुबैतर्फको बराबर सदस्य हुने देखिएको छ ।

पूर्व माओवादीका क्षेत्रीय इन्चार्ज विष्णु विष्ट नेकपाको जिल्ला सचिब र नगर अध्यक्ष अरुण रायमाझी जिल्ला सदस्यमा सिफारिश भएपछि नेकपाको थाहानगर अध्यक्षमा विनोद लामाको बाटो खुलेको पूर्व माओवादी नेताहरु बताउँछन् । तत्कालीन नेकपा माओवादी र नेकपा एकता केन्द्रबीच एकता भई एकीकृत नेकपा माओवादी हँुदा थाहानगरमा नगर कमिटी बनाउन लामाले नै अगुवाई गरेका थिए । पाटीलाई तल्ला कमिटीविना मजवुत बनाउन नसकिने भन्दै लामाको नेतृत्वमा ठाउँठाउँमा समितिहरु बनाउन शुरु भएपछि नगर समिति बनाइएको थियो । यसको नेतृत्व अरुण रायमाझीले गरेका थिए । २०४६ सालदेखि राजनीतिमा लागेका लामा तत्कालीन नेकपा माओवादी केन्द्रका नगर सचिब समेत थिए ।

सम्वाददातासँग कुरा गर्दै  लामाले राजनीतिलाई ठेक्कासँग दाँज्न नमिल्ने बताउँदै यसलाई जनजीविकासँग जोड्नुपर्ने बताए । ‘अहिलेसम्म राजनीतिले जनतालाई जुलुशसँग मात्र जोडेको देखियो, अब जुलुशसँग होइन जीवनसँग जोड्नुपर्छ’ उनले भने , ‘हामी पानी जहाज र मोनो रेलको कुरा गर्छौं, तर नजिकै भत्केको सडक सुधारको कुरा गर्दैनौं, राजनीति गफ होइन, गफ नगरौं ।’

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png