Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

विद्यार्थीलाई मोवाइल प्रयोगबारे सचेतना

40444597_522614124844465_-1535700243.jpg

बढ्दो मोबाईलको बिकृतिलाई न्युनिकरण गर्ने उदेश्यका साथ उत्तरी मकवानपुरको थाहामा मोबाईल सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । मोबाईल एसोसिएसन अफ नेपाल उत्तरी मकवानुरको आयोजनामा थाहा नगरपालिकाको सेतिगणेश निम्न माध्यामिक विद्यालयमा शिखरकोटमा विहिवार १ घण्टे कार्यक्रम सञ्चालन भएको हो । सचेतना कार्यक्रममा लगभग ५५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विहिवार सञ्चालन भएको कार्यक्रमलाई थाहा नगरपालिकाका विभिन्न विद्यालयहरुमा समेत सञ्चालन गर्ने योजना रहेको मोबाईल एसोसिएसन अफ नेपाल उत्तरी मकवानुरका महा सचिब गणेश प्रसाद विष्टले बताए । वर्तमान समयमा बढ्दै गएको मोबाईलको बिकृतिलाई न्युनिकरण गर्न मोबाईल एसोसिएसन अफ नेपाल उत्तरी मकवानुरले सो कार्यक्रम सञ्चालन गरेको हो । 


लियो क्लब अफ पिस थाहाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा लियो क्लब अफ पिस थाहाका अध्यक्ष तथा मोबाईल एसोसिएसन अफ नेपाल उत्तरी मकवानुरका महा सचिब गणेश प्रसाद विष्टले प्रशिक्षण गराएका थिए ।
 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG