Monday, 25th June, 2018
वि.स.
Add-1528205502.jpg

विद्युत प्राधिकरण पालुङको बक्यौता दुई करोड बढी

bidhyut-pradhikaran-1526986725.png

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको विद्युत महशुल बक्यौता रकम दुई करोडभन्दा बढी रहेको छ । आइतबार, ६ जेठसम्मको हिसावमा दुई करोड १० लाख एक हजार ८ सय ४९ रुपैया बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले जनाएको छ । 

२०४२ सालदेखि विद्युत वितरण शुरु गरेको पालुङ प्राधिकरणको बक्यौता रहेको २ करोड रकम हालसम्मकै उच्च बक्यौता हो । यसअघि ठूलो अंकमा बक्यौता भए पनि प्राधिकरणले विद्युत महशुल बाँकी रहेका ग्राहकहरुको लाइन काट्न शुरु गरेपछि केही रकम असुल हुने गरेको थियो । २ वर्ष यता पालुङ वितरण केन्द्रले कुनै ग्राहकको लाइन काटेको छैन । ११ हजार ६ सय ग्राहक रहेको विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको महशुल बाँकी हुनेमा सबैभन्दा बढी ग्राहस्थ ग्राहकहरु छन् ।  

ग्राहस्थबाट मात्र १ करोड ६ लाख ७४ हजार २ सय २२ रुपैया उठ्न बाँकी छ । प्राधिकरण पालुङको ९० प्रतिशत ग्राहक ग्राहस्थ छन् । त्यस्तै वाणिज्य क्षेत्रबाट ८१ लाख १३ हजार ३ सय ४०, सरकारी संस्थाहरुबाट ९ लाख ३३ हजार २ सय ९८ रुपैया बक्यौता रहेको छ । सरकारी कार्यालयमध्ये पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको मात्र ७ लाख ३ हजार १ सय ६३ रुपैया बाँकी छ । नियमअनुसार लाग्ने २५ प्रतिशत जरिवाना यसमा जोडिएको छैन । त्यस्तै इलाका प्रहरी कार्यालय पालुङको ५८ हजार २ सय ५१ र प्रहरी चौकी सीमभन्ज्याङको २४ हजार ८ सय २८ रुपैया महशुल बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

औद्योगिक क्षेत्रबाट ४ लाख ६९ हजार ६ सय ९६ रुपैया, सडक बत्तीबाट ९६ हजार ३ सय ३७ रुपैया, सिँचाईबाट १० हजार ३ सय ६७, खानेपानीबाट ३९ हजार ६ सय ३ र मन्दिरबाट २३ हजार ५ सय ५० रुपैया उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख सन्तोषप्रसाद पन्तले जानकारी दिए । ग्राहस्थअन्तर्गत थाहानगरको शिखरकोट, फेदीगाउँ र बज्रवाराही क्षेत्रमा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको 
छ । 

यसैबीच विद्युत प्राधिकरण पालुङको ८२ लाख रकम कालोपाटीमा छ । विद्युत लाइन काटेको ६ महिनासम्म ग्राहकले महशुल नबुझाएमा कालीपाटीमा राखिन्छ । कालोपाटीमा रहेको ८२ लाखमध्ये ६० लाख रुपैया रोप वेको मात्र छ । ठूलो मात्रामा महशुल बक्यौता भएपछि विद्युत प्राधिकरण पालुङले रकम असुल्न कडाई गर्ने संकेत गरेको छ । विद्युत महशुल भुक्तान गर्न बाँकी रहेका ग्राहकरुलाई तत्काल भुक्तान गर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा विनासूचना जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको छ । 

प्राधिकरणले स्थानीय संचार माध्यमहरुबाट सूचना नै जारी गरेको छ ।  विद्युत महशुल बाँकी रहेका ग्राहकहरुको लाइन काट्न पालुङ प्राधिकरणले छुट्टै टोली परिचालन गरेको छ । उक्त टोलीले केही ग्राहकहरुको लाइन काटेको छ । नेपाल विद्युत प्राधिकरण पालुङले थाहानगरको दामन, पालुङ, बज्रवाराही, आग्रा, टिस्टुङ, चित्लाङ , इनद्रसरोबर गाउँपालिकाको मार्खु, कुलेखानी, फाखेल, कैलाश गाउँपालिकाको कालिकाटार, नामटार, गोगने, डाँडाखर्क र भीमफेदी गाउँपालिको इपा र झीरघारी क्षेत्र हेर्दै आएको छ । 

http://bikaskhabar.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

[email protected]

तामाङ, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

थाहानगरको बजेट ५१ करोडः सामाजिक विकासलाई प्राथमिकता 
सामाजिक विकासलाई प्राथमिकतामा राख्दै मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट नगरसभा समक्ष पेश गरेको छ । थाहा नगपालिकाका उपप्रमुख...
Kha-1529845750.JPG
थाहामा उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनात्मक अन्तरक्रिया सम्पन्न
मकवानपुर थाहा नगरमा उपभोक्ताहित सम्बनिध एक दिने सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशाशन कार्यालय मकवानपुरको आयोजनामा...
20180623_122914-1529814814.jpg
एसईई नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?
मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।एसर्इर्इको...
national-examination-boar-1529762732.jpg
विकासे खेती रुपचन्द्रबाट : माननिय विडारी
पालुङको बिकासे खेती रुपचन्द्रबाट सुरु भएको निवर्तमान सांसद तथा वरिष्ठ निवक्ता रामनारायण बिडारीले बताएका छन् । रुपचन्द्र बिष्टको १९ औं स्मृतिमा...
DSC_0181-1529658040.jpg
इन्द्रसरोवरमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न भएको छ । वडाका एकल महिलाहरुको लागि एक दिवासिय कृषि...
35792927_230459541095201_-1529651647.jpg

लोकप्रिय समाचार

बजेट भाषणमै आयो चित्लाङ थानकोट सुरुङमार्ग
सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब गणेशमानमार्गकोकाठमाण्डौको थानकोटदेखि मकवानपुर थाहा नगरपालिकाकोचित्लाङ...
place-1527597021.jpg
थाहानगरमा अमिट बन्यो प्रहरी निरीक्षक पासवानको प्रभाव
इलाका प्रहरी कार्यालय पालुङमा सेवारत् प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान सरुवा भएकाछन् । वि.सं. २०७३ साल माघ २८ गते यहाँ हाजिर भएका पासवान २०७५...
BKP-1529338556.jpg
मृगको बच्चा इलाका प्रहरि पालुङलाई हस्तान्तरण
थाहा नगरपालिका वडा नं. ४ शिखरकोटको नागदहमा मृगको बच्चा फेला परेपछि उक्त बच्चा इलाका प्रहरि कार्यालय पालुङलाई हस्तान्तरण गरिएको छ । शनिवार राति ९ः००...
MIRGA-1527956021.jpg
थाहा नगरबासीको सपना साकार, बन्ने भयो "शीतभण्डार"
मकवानपुर थाहा नगरपालिकामा शीतभण्डार निर्माणका लागि सम्झौता भएको । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको काला भैरब चौरमा शीत भण्डार निर्माणका लागि थाहा...
CV-01Cold-1528117971.jpg
किन आकाशबाट हिलो सहितको पानी पर्दैछ ?
मकवानपुरको थाहानगरलगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । २ असार विहान परेको पानीसंगै हिलो आएको हो । केहि दिनयता आकाशबाट परेको पानीमा हिलो...
Hilo-1529129245.jpg