Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

व्यवसायी र उद्योग वाणिज्य संघको विवादले थाहा महोत्सव अन्यौलमा
नगरपालिकामा भएको त्रिपक्षिय छलफल पनि निष्कर्ष विहिन

OPPP-1535339469.jpg

आगामी ८ कात्तिकदेखि १८ गतेसम्म आयोजना गर्ने भनिएको तेस्रो थाहा महोत्सवको मिति हेरफेर वा ‘क्यान्सिल’ हुने संकेत देखिएको छ । पछिल्लो समयमा विकसित घटना क्रमहरुले यस्तो संकेत देखिएको हो ।

पछिल्लो पटक ९ भदौमा थाहा नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षहरुको उपस्थितिमा भएको छलफलमा महोत्सवको घोषित मितिबारे निकै बहश भएको थियो । थाहानगरका कपडा व्यवसायीहरुले महोत्सवको मिति सार्न दवाव दिइरहेको छ भने थाहा नगर उद्योग वाणिज्य संघले तोकिएको मिति सार्न नसकिने बताउँदै आएको छ । ‘पहिलो कुरा महोत्सवको समय यही अनुकूल छ, दोस्रो कुरा यही मितिमा गर्ने भनेर विभिन्न पाटीहरुसँग सम्झौता भइसकेको छ, मिति सार्दा उनीहरुले मान्दैनन्’  थाहा नगर उद्योग वाणिज्य संघको भनाइ छ । ‘महोत्सव आवश्यक छैन भने ‘क्यान्सिल’ हुन सक्छ, तर मिति सार्न गाह्रो छ,’ संघले स्पष्ट पारेको छ ।

यता महोत्सवको मिति सार्न आवश्यक सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालयसम्म ज्ञापन गर्न पुगेको थाहा नगर कपडा तथा फेन्सी व्यवसायी संघले महोत्सवको मिति दुई हप्तामात्रै भए पनि पर सार्न आग्रह गरिरहेको छ । दशैं–तिहारजस्तो मुख्य व्यापार हुने समयमै  महोत्सव राखिएकोमा आपत्ति जनाउँदै आएको कपडा व्यवसायी संघले तिहार पछि महोत्सव गर्न भनिरहेको छ ।

९ भदाैमा भएको छलफलमा महोत्सवको मिति नसारी अन्य प्रक्रिया अघि बढाउने विषयमा टुङ्गो लागेन । नगरप्रमुख लवशेर विष्टले छलफलको निष्कर्ष सुनाउँदै आगामी १५ भदौभित्र महोत्सवको मिति, स्थान र कपडा व्यवसायीसँगको सहमतिलाई टुङ्गो लगाई नगरपालिकासमक्ष आउन आग्रह गरे । ‘सबै सरोकारवालाहरु एउटै थलोमा भएकोले आजै९शनिबार नै० टुङ्गो लगाएको भए अगाडि बढ्न सजिलो हुने थियो, अब फेरि शुरुबाटै प्रक्रिया थाल्नु पर्ने भो,’ छलफलमा एक सहभागीले भने ।

छलफलको अन्त्यमा उद्योग वाणिज्य संघ प्रतिनिधिहरुलाई मेयर विष्टले भने, केही न केही मिलनको बिन्दू खोज्नै पर्छ, टसको मस नहुने कुराचाहिँ यहाँहरुले नगर्नुहोला, मैले ठ्याक्कै भनिन, बुझ्ने मान्छेले बुझ्नुस, धेरै अन्तर पनि नपार्नुस् ।’ मेयरको यो भनाइले कपडा व्यवसायी र उद्योग वाणिज्य संघबीच सहमति हुनै पर्ने कुरातर्फ इङिगत गरेको छ र केही अन्तरमा मिति सारेर भए पनि एउटा सहमतिमा पुग्न सकिने उनको विचार छ । नगर उद्योग वाणिज्य संघले १५ गतेभित्र महोत्सवको मिति र स्थानबारे टुङ्गो लगाएर नगरपालिकामा पेश गरेपछि नगर कार्यपालिकाको बोर्डले अनुमति दिने कि नदिने भन्ने छलफल गर्नेछ ।

थाहा नगर उद्योग वाणिज्य संघले महोत्सव गर्ने स्थानबारे हालसम्म खुलाएको छैन । तर, इन्द्रायणी चौरमा गर्ने भए इन्द्रायणी–कालिका गुठीसँग पूर्व सहमति गरेरमात्र महोत्सवको तयारी गर्नु पर्नेमा गुठीसम्बद्ध अधिकारीहरुले सुझाव दिएका छन् ।   

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png