Tuesday, 23rd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

शिक्षकले पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

DM-Edu-01-1543849451.jpg

प्रकाश अधिकारी
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले १७ मंसिरमा हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उनले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह प्रस्ट हुनुपर्ने विचार व्यक्त गरे । “वर्षौंदेखि जुन शिक्षा नीतिको विरोध गर्दै आयौँ,” उनले भने, “अब हामी सरकारमा छौँ, व्यक्तिमुखी होइन निष्पक्ष भएर नीति बनाऔँ ।” 

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल । फोटो प्रकाश अधिकारी रासस

जिल्ला समन्वय समिति मकवानपुरका सहसंयोजक भगवती पुडासैनीले सबै विद्यालयमा अनिवार्य रुपले बाल विकास केन्द्र सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा डा शारदा थपलियाको अध्यक्षतामा भएको सो कार्यशालामा आयोगका तर्फबाट डा भोजराज काफ्लेले प्रारम्भिक बाल तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, अनौपचारिक साक्षरता, उच्च शिक्षा, समावेशी र समसामयिक विषयवस्तु, शिक्षामा गुणस्तर र सुशासन तथा वित्त र साझेदारी विषयमा खुला सुझाव सङ्कलन गरिरहेको जानकारी दिए ।
रासस

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg