Wednesday, 20th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

शिक्षा ऐन निर्माण सम्बन्धि कार्याशाला गोष्टी सम्पन्न

Capture-1522909636.PNG

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा शिक्षा एन नियम निर्माण सम्बन्धि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । थाहा नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, जनप्रतिनिधि, सरोकारवाला, बुद्धिजीवी, राजनीतिक ब्याक्तित्व, समाजसेवी, पत्रकार लगायतको सहभागितामा थाहा नगरको शिक्षा एन निर्माणको लागी सल्लाह, सुझाब सहित छलफल गरिएको हो ।

कार्यक्रममा नगर शिक्षा एन अन्तर्गत परिच्छेद १ देखी ८ सम्म रहेका बिबिध बिषयमा स्थानिय सरकार सन्चालन सम्बन्धमा ब्याख्या गर्न बनेको एन २०७४ को परिच्छेद १५ को दफा १०२ को उपदफा (१) बमोजिम थाहा नगरपालिकाको सभाले बनाएको एनहरुको प्रस्ताबना प्रस्तुत गरिएको थियो ।
परिच्छेद १) संक्षिप्त्त नाम र परिभाषा, २) बिधालय खोल्ने अनुमति वा स्विकृत, गाभ्ने र खारेज सम्बन्धि ब्यवस्था, ३) शिक्षाको प्रकार, माध्यम, पाठ्यक्रम र परिक्षा सन्चालन सम्बन्धि ब्यवस्था, ४) नगर शिक्षा तथा वडा समिती, शिक्षक छनौट, नगर शिक्षा अनुगमन समिती र नगर शिक्षा प्रमुख सम्बन्धि ब्याख्या, ५) बिद्यालय ब्यवस्थापन समिती सम्बन्धि ब्यवस्था, ६) कोष, अनुदान, शुल्क तथा छात्रबृत्ती, बिद्यालय सम्पत्ती, बिद्यालयलाइ छुट र सुबिधा सम्बन्धि ब्यवस्था, ७) दरबन्दी मिलान, शैक्षिक योग्यता, नियुक्ति र सरुवा सम्बन्धि ब्यवस्था, ८) बिबिध गरि ८ वटा परिच्छेद माथी संसोधन, स्पष्टीकरण, सुझाब गरिएको थियो ।

मस्यौदा समितिको संयोजक शसिधर सुबेदीले बिद्यालय अनुगमनको क्रममा सरकारी र निजि बिद्यालयका बिच अत्यन्तै भिन्नता देखिएकोले सरकारी बिद्यालयलाइ पनि निजि बिद्यालय सरहमा बिकास र सुधार गर्दै लान आवश्यक रहेको औल्याए । उनले छलफलबाट प्राप्त भएका सुझाबहरुलाइ टिपोट गरि एनमा समाबेस गर्न मिल्ने सम्मको समाबेश गर्ने समेत बताए ।


प्रमुख अतिथी नगरप्रमुख लबसेर बिष्टले सबैले आफ्नो ठाउँबाट ईमानदारीताका साथ काम गर्ने र सुधारका लागी सकारात्मक प्रयास गर्ने हो भने नगरपालिकाको शिक्षा एन एकदिन पनि पल्टाएर हेर्न नपर्ने बताए । नगरपालिका भित्र भएका बिद्यालयहरुको शिक्षाको गुणस्तर निक्कै नै खस्किएकोले थप कम्प्युटर शिक्षा भन्दा पनि हालकै अवश्थालाइ सुधार गर्नु आवश्यक रहेको भन्दै सकारात्मक सुधारको लागी नगरपालिकाले जे सुकै सहयोग गर्ने बताए तर बर्तमान अवस्थाबाट सुधार नहुने हो भने बिद्यालयको मागहरुलाइ पुरा गर्न नसक्ने बताए ।


 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG