Saturday, 26th May, 2018
वि.स.

समृद्ध थाहानगरका लागि अन्तरक्रिया 

Nagarik-1516542688.jpg

थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरको विविध विषयमा आआफ्नो धारणा राखेका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाई गर्दै आएका ९ जनाले आआफ्नो अवधारणा पत्र नै प्रस्तुत गरेका थिए ।     
        
कार्यक्रममा थाहानगरको समग्र विकास, शिक्षा, पर्यटन, धार्मिक पर्यटन, उपभोक्ता हित, साहित्य, संचार लगायतको विकासका सन्दर्भमा कार्यपत्र र अवधारणा पत्र प्रस्तुत गरिएको थियो  । रेडियो आवाज ८८.८ मगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा नगरपालिकाको समग्र विकासलाई लिएर समृद्ध थाहानगर निर्माणका आधारहरु शीर्षकमा अच्युतम प्रसाद ढकाल, थाहा नगरपालिकाको शिक्षा विकाससम्बन्धी सानोभाइ कार्की, पर्यटन व्यवसाय विकासबारे सुरेन्द्रमान प्रधानले अवधारणा पत्र प्रस्तुत गरेका थिए । 

त्यसैगरी धार्मिक पर्यटन विकाससम्बन्धी रामप्रसाद ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने स्थानीय सरकारलाई बलियो बनाउन संचार माध्यमको भूमिकाको सन्दर्भमा पत्रकार सुरजकुमार भुजेलको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । थाहा नगरको महिला विकास सम्बन्धी कल्पना बलामी, साहित्य, भाषा र कलासम्बन्धी बिर्खे अञ्जान र उपभोक्ता हितसम्बन्धी गणेशमान श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।     प्रस्तुत अवधारणा पत्रमाथि क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक कृष्ण घिमिरे र ज्योति रायमाझीले टिप्पणी गरेका थिए । टिप्पणीकारहरुले अवधारणा पत्रहरु ओजपूर्ण रहेको भन्दै त्यससम्बन्धी टिप्पणी गरेका थिए । 

थाहा नगरलाई समृद्ध बनाउन नगरको बार्षिक बजेट, योजना र कार्यक्रमले मात्र सम्भव नभई दिगो विकासमा आधारित आवधिक योजना र तदनुरुपको कार्यान्वयनलाई जोड दिनु पर्नेमा अवधारणा पत्रहरु सार्वजनिक भएको थियो । नगरको आन्तरिक श्रोतहरुको वृद्धि गर्दै बाह्य क्षेत्रबाट लगानी भित्र्याउन डिपिआरसहितको खाका अघि सार्नुपर्नेमा सहभागी सबैले जोड दिएका थिए । 

अवधारणाकारहरुले नगरबासीको साथ, सहयोग र जनप्रतिनिधिहरुको अगुवाईका साथ योजनावद्ध ढंगले अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।  
 

http://bikaskhabar.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

[email protected]

तामाङ, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

जीवन बीमा अभिकर्ता आधारभुत तालिम
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार थाहामा जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गरेको छ । एशियन लाइफ उपशाखा पालुङ र जिल्ला शाखा...
432-1527248901.jpg
देउखेलमा बिजुली बल्यो 
कुलेखानी जलाधार क्षेत्रसंगै जोडिएको थाहा नगरपालिकाको आग्रा स्थित देउखेलमा ३३ वर्ष पछि विजुली पुगेको छ । छिमेकी पालुङमा दशकौं अघि र आग्रा कै चिसापानी...
33396413_1021705295170594-1527244050.jpg
फाखेलमा बालमैत्री स्थानिय शासन कार्ययोजना समिक्षा
उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ (साबिक फाखेल गा.बि.स) लाई बाल मैत्री गा.बि.स घोषणा गर्ने प्रयासमा रहेको गाउँपालिकाले वडा नं ५ को...
tha-1527247860.jpg
नेकपाको केन्द्रीय सदस्य को को भए ? (हेर्नुहोस् सूचीसहित)
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी...
Untitled-1-copy-1526983343.jpg
विद्युत प्राधिकरण पालुङको बक्यौता दुई करोड बढी
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको विद्युत महशुल बक्यौता रकम दुई करोडभन्दा बढी रहेको छ । आइतबार, ६ जेठसम्मको हिसावमा दुई करोड १० लाख एक...
bidhyut-pradhikaran-1526986725.png

लोकप्रिय समाचार

प्रदेश ३ : एक सय ८० मत मतान्तरले प्रताप विष्ट विजयी (कुन जिल्लामा कति मत)
नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ को अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन् । प्रदेश नंबर ३ का अध्यक्षका प्रत्यासी गिरिजाप्रसाद अधिकारीलाई पराजित...
Pratap-Bista-1525522186.jpg
आहुतीले खोले नयाँ कम्युनिष्ट पार्टी, जागृत रायमाझी पनि उतै
माओवादी केन्द्र परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले २२...
Aahutee-1525532077.jpg
यस्तो छ, थाहानगरको कुन्छाल गाउँको सहरमा चर्चा
मकवानपुरको कुन्छाल गाउँ गोपालीहरूका कारण चर्चित छ । त्यहाँ ग्वाली अर्थात् नेपालको पहिलो वंश गोपाल (जो आफूलाई अहिले गोपाली भन्छन्) को बसोबास...
Pramod-1526293286.jpg
१२ कक्षाको परीक्षामा पालुङ क्याम्पसमा के भयो ? [हेर्नुहोस फोटो फिचर सहित]
राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने १० जोड २ को परिक्षा बैशाख १४ गतेबाट सुरु भएको छ । उत्तरी मकवानपुर थाहा नगरपालिकाको एक मात्र क्याम्पस पालुङ...
exam-11-1524825487.jpg
विहानै धादिङमा दुई कन्टेनरमा आगलागी
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०५१ र आर जे ४२ ग ०७५६...
Dhunibesi-1526165835.jpg