Tuesday, 26th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सहकारी बजारिकरणमा थाहानगर प्रतिवद्ध–मेयर विष्ट

sahakari-02-1551372066.JPG

मकवानपुर थाहा नगरपालिकाको विकास घरमा सहकारी बजार विकासको योजना तर्जुमा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 
थाहा नगरपालिकाको आयोजनामा भएको कार्यक्रम जिल्ला सहकारी संघ मकवानपुर, युएनडिपी र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहकार्यमा भएको हो । 

कार्यक्रममा थाहा नगरपालिका क्षेत्रको विभिन्न ५ पकेट क्षेत्रमा संचालन हुने सहकारी बजारिकरणको लागि छनोट भएका सहकारीका प्रतिनीधि, अगुवा कृषक, थाहा नगरपालिकाका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । सहभागीहरुले आ–आफ्नो क्षेत्रमा सहकारी बजारिकरणका लागि संचालन गरिने योजना बनाएका थिए । कृषि उपजको उत्पादक र उपभोक्ताबीचको मूल्यको दूरी कम गर्ने उद्देश्य सहित थाहा नगरपालिकाका यो कार्यक्रम संचालन गर्न लागिएको हो । तालिमका सहभागीहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी बजारिकरण कार्यक्रमकी बन्दना अर्यालले सहजीकरण गरेकी थिइन् । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख विष्टले नगरमा कृषिबाट आर्थिक सम्वृद्धि हुन यो कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले उत्पादक र उपभोक्ताबीचको मूल्यान्तर कम गर्न कार्यक्रम प्रभावकारी हुने बताए । विष्टले कार्यक्रम कार्यक्रमका लागि मात्र नभई सहकारीहरुले आफ्नो दायित्व सम्झेर कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सुझाव निर्देशन गरे । उनले कार्यक्रममा तर्जुमा भएको योजनालाई कार्यान्वयन गर्न  प्रतिवद्ध रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण देवकोटाले कृषिको पकेट क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा यो सहकारी बजारिकरण कार्यक्रम संचालन हुनु सुखद् भएको बताए । उनले मुलुककै अर्थतन्त्रमा महत्वपूर्ण भूमिकाको रुपमा रहेको सहकारी क्षेत्रले उपभोक्तामुखी कार्यक्रम संचालन गर्न अब अघि सर्नुपर्ने धारणा राखे ।  

थाहानगरका उपप्रमुख खड्ग गोपालीले नगरपालिकाले स्थानीय तहले नै सहकारी संस्था नियमन र स्वीकृती गर्न ऐन बनिसकेको सन्दर्भमा सहकारीलाई उपभोक्ता केन्द्रीत कार्यक्रम संचालन गर्दा नगरले थप प्रवद्र्धन गर्ने बताए । थाहा नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोविन्द भट्टराइले स्वागत गरेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, वडा नं. १० का वडा अध्यक्ष हिराबहादुर गमाल,  सहकारी बजारिकरण कार्यक्रम मकवानपुरका कार्यक्रम संयोजक शिवहरि दाहाल, सहकारी संघ मकवानपुरका सदस्य विमलकुमार ढकाल, जिल्ला सहकारी संघका कर्मचारीहरु, सहकारी बजारीकरण कार्यक्रमका कर्मचारीहरु, थाहानगरका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।  
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG