Tuesday, 23rd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

साँस्कृतिक कार्यक्रमसहित ओखरबजारमा मनाइयो नेपाल संवत ११३९

मकवानपुरको थाहानगरमा नेपाल सम्वत ११३९ को भव्यताका साथ स्वागत गरिएको छ । थाहा नगरपालिका वडा नं १,२ र ३ मा रहेका नेवारी सम्प्रदायले न्हुँ दँया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै नेपाल सम्वत ११३९ को स्वागत गरेका छन् ।

३ वटै वडाका नेवार समुदायहरु एकजुट हुँदै थाहा नगरपालिका वडा नं २ को पालुङ गाउँमा जम्मा भएर पालुङ पाण्डुकेश्वर महादेवको मन्दिर हुँदै फाँटबजार, डाँडागाउँ, गोपालीगाउँ, शिखरकोट, दोबाटो, थानाबजार र ओखरबजारसम्म मोटरसाइकल ¥याली गरि ओखरबजारमा औपचारिक कार्यक्रम संचालन गरि शुभकामना आदानप्रदान गरिएको हो । 

नेपाल सम्वतको सम्मान गर्दै पालुङ शहरमा १९ फिट अग्लो नेपालको झण्डा समेत स्थापना गरिएको छ ।

थाहा नगरपालिका वडा नं २ का वडाध्यक्ष गुप्त बहादुर कार्कीले झण्डोतोलन गरेका हुन् । 

ओखरबजारमा पुगेर संचालन भएको औपचारिक कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले दीप प्रज्जवलन गरि उद्घाटन गरेका थिए । न्हु दया भिन्तुना मुल समारोह समिती ओखरबजार हितकारी सृजनशील समुहको आयोजनामा भएको कार्यक्रममा पालुङमा न्हुँ दँया भिन्तुना अर्थात नेपाल सम्वत मनाउन सुरु गर्ने नेपाल बैंक लिमिटेडका खजान्ची किरण प्रकाश मास्केलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपाल सम्वतको महत्वलाई उजागर गर्दै पालुङमा नेपाल सम्वत मनाउन प्रेरणा दिएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । मास्केका अनुसार पालुङमा नेपाल सम्वर १११३ देखी नेपाल सम्वत मनाउन सुरु गरिएको हो । आफू सम्मानित भएपछि कार्यक्रममा बोल्दै मास्केले विगतका केहि वर्षमा पालुङमा नेपाल सम्वत नमनाउदा आफुलाई दुख लागेको बताए । उनले संस्कृति जगेर्ना गर्न सबैजना मिल्नु पर्ने र सबै जाति क्षेत्र नै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नं १,२ र ३ का नेवारी समुदायका कला संस्कृति समेटिएको नृत्य, बाजा, लाखे नाच लगायत साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भिन्तुना कार्यक्रममा थाहा नगरपालिकाका नगर उप प्रमुख खड्ग गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष गुप्त बहादुर कार्की, वडा नं १ का वडाध्यक्ष हेरमान गोपाली, किरण प्रकाश मास्के, इन्द्रायणी भगवती काला भैरव गुठी संरक्षण समितीका अध्यक्ष श्याम भक्त श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, निष्पक्ष सक्रिय युवा क्लबका निराजन गोपाली, ३ वटै वडाका नाच गुरुहरु तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg