Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो

IMGL0579-1539703872.JPG

पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याइने परम्परा रहेको भए पनि बढाइ गरी सलामी सहित फुलपाती भित्र्याउने परम्परा लोप भइसकेको चलन गएकोवर्षबाट ब्युताइएको छ । यसवर्ष श्री नंं ७ बाहिनी अड्डा चनबन ब्यारेकका नेपाली सेनाले शुभ साइतमा सलामी दिई दशै घरमा फुलपाती भित्र्याइएको हो । मुलुकमा स्थानीय सरकार गठनभएदेखि बढाई गरी फुलपाती भित्र्याउने चलन पुनः थालिएको हो । गतवर्ष भने इलाका प्रहरी कार्यालय पालुङले बढाइ सहित शुभ साइत गरिएको थियो । 

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्य नारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । 

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित सलामी दिएपछि पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । 

परापूर्व कालदेखि देखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि मुलुकमा बहुदल आएपछि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै आएको थियो । पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । 

संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउनको लागि पहल थालिएको नगर प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने वडा अध्यक्ष गुप्त बहादुर कार्कीले जानकारी दिए । 

फुलपाती भित्र्याउने कार्यक्रममा थाहा–२ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, थाहा–३ का वडा अध्यक्ष राजेश केसीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, भूतपूर्व सैनिक संघ मकवानपुरका अध्यक्ष कमल कुमार केसी, पाण्डु केश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, नेकपा एमालेका अच्युतम प्रसाद ढकाल, राजु नापित, ज्ञानेश्वर ढकाल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो । 

दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा र विजयादशमीको दिन टीका तथा जमराको कार्यक्रम समेत रहेको थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले विकासखबरलाई जानकारी दिए ।
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG