Sunday, 17th February, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सोनाम ल्होछारको अवसरमा कैलाशको गल्छीमा बुद्ध मुर्ति स्थापना

Budda-1549379729.jpg

मकवानपुरको कैलाश गाउँपालिका ६ गल्छीमा २८५५ औं सोनाम ल्होछारको अवसरमा २२ माघमा बुद्ध शान्ति पूजाको समापन तथा बुद्धको मुर्ति स्थापना गरिएको छ । नेपाल अहिंसावादी बुद्ध धर्म विश्वशान्ति चक्र संघ मकवानपुरका अध्यक्ष धनबहादुर गोलेको सभाध्यक्षता एवं नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा माघ २० गतेदेखि चलेको बुद्ध शान्ति पूजाको समापन तथा बुद्धको मुर्ति स्थापना गरिएको हो ।

कार्यक्रममा बिशिष्ठ अतिथि अहिंसावादी चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामा, अतिथिहरु नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, सल्लाहकारद्वय भरत पराजुली र प्रभात दाहाल, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, जिल्ला सदस्यहरु बलिन्द्र भ्लोन, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, हेटौंडा नगर सभापति आनन्दराम पराजुली,  तरुण दल ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मूल संयोजक बेलबहादुर मुक्तान, ६ नम्बर वडा अध्यक्ष ठूलोकान्छा लामा, समाजसेवी पेमा सांगे लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा बुद्ध शान्ति पूजा समापन तथा बुद्ध मुर्ति स्थापनाका लागि नेता बानियाँले एकलाख रुपियाँ सहयोग गरेका थिए । 







Plant-1526723778.JPG