Sunday, 24th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

स्थानीय तहका कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि

Subidha-1546529617.jpg

प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । १९ पौषमा हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।

बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १र१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्यविधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता  ढुङ्गेलले बताए ।

बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको राजनितिक सल्लाहकारमा नेकपाका नेता जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । थपलिया तत्कालिन एमालेको चितवन जिल्ला पूर्वअध्यक्ष हुन् ।

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG