Thursday, 22nd February, 2018
वि.स.

हरिबोधनी एकादशीः ऋषेश्वरमा भव्य मेला

DSC_0856_copy-1509416247.jpg

हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । यस अवसरमा थाहाहनगरको ऋषेश्वर महादेव स्थानमा ठूलो मेला लागेको छ । ऋषेश्वरमा १३ कार्तिक साँझबाटै जाग्राम बस्नेको भिड लागेको थियो । सन्तानेश्वर महादेव मन्दिरको नामले समेत प्रसिद्ध रहेको ऋषेश्वरमा थाहानगर तथा छिमेकी गाउँपालिका तथा हेटौंडा, धादिङ, काभ्रे, काठमाण्डौं तथा तिब्बतबाट समेत भक्तजनहरु आएका छन् । 
यसैबीच हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग आजैको दिन विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसंग शास्त्रमा वर्णन गरिएको छ ।
 

http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)




loading...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg