Friday, 21st September, 2018
वि.स.
Bihuli-002-1532968337.gif

हिउँदमा पिउनु पर्ने पानीको जोहो वर्षातमा गर्दै भाङ्खोरिया बासी

IMG_20180909_090622-1536577512.jpg

पानीको समस्या वर्तमान समयमा दिनानुदिन बढ्दै गएको छ । कतै पानीको मुहानको संरक्षणको अभावको कारण त कतै पानीको मुहान नै नभएर । पानीको मुहान नभए पनि आकाशे पानीको संकलन र जिवनयापन गर्दै गरेका थाहा नगरपालिका वडा नं २ भाङखोरियाका केही बस्ति दैनिक जसो १ घण्टा लगाएर पानी लिन धाउने गर्दछन् । बस्ति नजिकै पानीको मुल नभएपछि मानिसले खान र बस्तुभाउको लागि समेत टाढाबाट पानी ल्याउनु पर्ने स्थानीय एक बृद्ध माइला लामाले बताए ।


६ हजार ५ सय लिटरको घर नजिकै राखिएको पानीको घ्याम्पोमा वर्षादको समय भरी पानी जम्मा गरेर हिउँदमा  करिव ५÷६ महिना मात्र खान पुग्ने उनले बताए । चैत्र बैशाखको धुलो धेरै उड्ने भएकाले उक्त समयमा समयमा वर्षाद हुँदा आकाशबाट परेको पहिलो पटकको पानी फाल्ने र त्यस पछिको पानीलाई घ्याम्पोमा जम्मा गर्ने गरिन्छ ।
वर्षादको समयमा घ्याम्पोको पानी कुनै कामको लागि पनि नचलाइ संकलन गरेर हिउँदको लागि जोगाउनु पर्ने बाध्यता छ लामाले भने वर्षादमा घ्याम्पोमा पानी भए पनि वर्षाद भरी खानाको लागी धाराको पानी जोहो गरेर घ्याम्पोको पानी हिउँदलाई जोगाउनु पर्छ किनभने हिउँदमा धारामा पानी आउँदैन, सँगै पानीको सबै मुल सुक्छ ।

हिउँदका लागि संकलन गरिने पानीको घ्याम्पो वर्षमा २ पटक सफा गर्ने गरिएको एक महिलाले बताइन् । उनी भन्छिन् “ पानीको सुद्धता जाँच गर्न पानीमा सुद्धिकरण गर्ने औषधि राख्नु पर्दछ, प्लान नेपालको सहयोग र प्रत्येक परिवारबाट ३ हजार संकलन गरि निर्माण भएको उक्त घ्याम्पोमा पानी सुद्धिकरणका लागि राखिने औषधि पनी प्लान नेपालले दिएको थियो ।”


२० देखि ३० घरधुरी रहेको उक्त भाङखोरियाका स्थानीयहरुको दैनिकी जस्तै बनिसकेको पानीको समस्यामा घ्याम्पोले केही समाधान गरे पनि वर्षाद समय भर १ घण्टा टाढाको पानी पँढेरी धाउनु बाध्यता बनेको छ ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
नेकपाले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिब ताेक्याे (सूची सहित)
नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड...
Nepal-Communist-Party-1-7-1537517654.jpg
मकवानपुरकी लोक गायिक प्रतिमा अर्याललाई म्यूजिक अवार्ड
सातौं म्यूजिक खबर म्यूजिक अवार्ड मकवानपुरकी गायिक प्रतिमा अर्यालले पाउन सफल भएकी छिन् । गायनमा चम्किदै गरेकी मकवानपुरको बिकट गोगने पकनेकी अर्यालले...
ttt-1537514036.jpg
त्रिभुवन राजपथ अाज पनि ठप्प
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि त्रिभुवन राजपथमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ ।२०७५ भाद्र १ बाट लागू भएको...
DSC_0106-1537500869.JPG
नेकपा एकता व्यक्ति केन्द्रित २८ जनाको नाम तयार पार्दै ओली–दाहाल
केन्द्रमा पार्टी एकता भएको तीन महिनाभित्र आधारभूत रूपमा पार्टी एकता गरिसक्ने घोषणा भए पनि नेपाल कम्युनिस्ट पार्टीभित्र व्यक्ति केन्द्रित छलफल...
Pati-ekta0-1537499148.jpg

लोकप्रिय समाचार

थाहानगरलाई काठमाण्डौं जोडन चित्लाङ–थानकोट सुरुङमार्ग
मकवानपुर थाहा नगरपालिकाको चित्लाङलाई काठमाण्डौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन तत्काल हुने भएकोछ । नेपाल...
surung11-copy-1535509530.jpg
एक वर्षमा के-के गर्यो मकवानपुरको थाहा नगरपालिकाले ? यस्तो छ मेयर बिष्टको बयान
प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको एकमात्र नगरपालिका हो थाहा । मकवानपुर जिल्लामा १ उपमहानगर, १ नगर र ८ गाउँपालिका छन् । थाहा नगर...
Thaha147-1536563033.jpg
लामा भन्छन्-‘यस कारण पनि मैले नै थाहाको नेतृत्व गर्नेछु’
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को थाहा नगरकमिटी कसको नेतृत्वमा बन्ला भन्ने चासो बढिरहेको बेला पूर्व माओवादीका थाहा नगर उपाध्यक्ष विनोद लामाले अब...
Binod-Jee-1535110657.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg