Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

हेटौँडामा भेटेरिनरी अस्पतालको  उद्घाटन

Dawa-sir-1546499291.jpg

३ नम्बर प्रदेश मातहत रहने गरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको हेटौँडामा उद्घाटन गरिएको छ । प्रदेश नम्बर ३ मा ८ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमध्ये बुधबार हेटौँडाको कार्यालय उद्घाटन गरिएको हो । यसअघि जिल्ला पशुसेवा कार्यालय रहेको हेटौँडा–९, कर्रामा कार्यालयको ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । साथै, मन्त्री लामाले बुधबार नै कार्यालयमा नवनिर्मित प्रयोगशालाको पनि उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री लामाले पशुपक्षीसम्बन्धी स्वास्थ्य सेवाप्रवाहमा कार्यालयले सेवा प्रदान गर्ने बताएका छन् । अध्ययन, अनुसन्धानस“गै जनशक्ति उत्पादनमा पनि केन्द्रले काम गर्ने उनले बताए । प्रदेश मातहत रहेका कार्यालयले स्थानीय तहस“ग समन्वय गरेर काम गर्ने उनले बताए । केन्द्र र प्रदेश सरकारको नीति, कार्यक्रम कार्यान्वयन गर्न जिल्लामा कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ पशु विकास अधिकृत प्रमुख रहने गरी १४ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

३ नम्बर प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक रामगोपाल आचार्यले आवश्यक परेको बेला पशुपक्षीलाई भर्ना गरेरै उपचार गर्ने गरी अस्पतालको विकास गरिने बताएका छन् । कार्यालयमा पशु चिकित्सा तथा प्रयोगशाला शाखा, पशु बजार तथा पशु प्रविधि प्रसार शाखा, मत्स्य विकास शाखा र प्रशासन शाखा गरेर ४ वटा शाखाहरु रहने छन् । कृषि तथा पशुपालनमा लाग्ने किसानलाई प्रोत्साहित गर्ने गरी कार्यक्रम सञ्चालन गरिने केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत चेतनारायण खरेलले जानकारी दिएका छन् ।

कार्यालयले केन्द्र तथा प्रदेश सरकारस“ग स्थानीय तहको समन्वय गर्ने, पशुपक्षीमा लाग्ने रोग नियन्त्रण गर्ने, स्थानीय तहका क्रियाकलाप तथा कर्मचारीलाई पृष्ठपोषण गर्ने, रोग नियन्त्रणमा स्थानीय तहस“ग समन्वयलगायतका कार्य गर्ने कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत खरेलले जानकारी दिएका छन् ।

कार्यालयका लागि ७१ लाख ६१ हजार संघीय सरकारबाट ससर्त अनुदानमा बजेट तथा अख्तियारी प्राप्त भएको छ । कार्यक्रम ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव नारायणप्रसाद ज्ञवालीको सभाध्यक्षतामा भएको हो । कार्याक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, ३ नम्बर प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक रामगोपाल आचार्य, पशुपक्षी महाशाखाका प्रमुख डा। जगतबहादुर सिंखडालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

वधशाला सञ्चालन हुने

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटनकै क्रममा हेटौँडामा पशु वधशाला सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुस“ग अन्तक्र्रियासमेत गरिएको छ । कार्यक्रममा सहभागीहरुले व्यवस्थित पशु वधशाला सञ्चालनमा जोड दिएका छन् । मासु ऐन २०५५ कार्यान्वयनका लागि पशु वधशाला आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पशु वधशाला सञ्चालनका विषयमा बुधबार भएको अन्तक्र्रिया कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापन गर्ने गरी वधशाला सञ्चालन गर्ने निष्कर्ष निकालिएको छ । प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोग रहने गरी हेटौँडामा मासु ऐन कार्यान्वयनका लागि वधशाला सञ्चालन हुने भएको हो ।

अन्तक्र्रियामा हेटौँडा उपमहानगरपालिकाले जग्गा खोजेर सञ्चालन गर्ने छ, जसका लागि आवश्यक बजेट प्रदेश सरकारले सहयोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने भएको हो ।

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG