Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

होनाहार व्यक्तिले पालुङ क्याम्पस छोडेर बिदेशीनु दुःखको कुराः–अधिकारी

IMG_20180828_092221-1535532365.jpg

बिजयबाबु जस्तो होनहार ब्यक्ति पालुङ क्याम्पस छोडेर बिदेशीनु दुःखको कुरा भएको पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक बिजयबाबु बस्नेतको बिदाई कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अधिकारीले यस्तो बताएका हुन् । उनले सम्पूर्ण क्याम्पस परिवारको तर्फबाट मन्तब्य राख्दै बिजयबाबु जस्तो होनहार ब्यक्तिले क्याम्पस छोडेर बिदेशीनु र देश नै छोडेर बिदेशीनु दुखको कुरा भएको तर उहाँ जस्तो मान्छे अमेरिकाले पाउनु खुशीको कुरा भएको बताए । उनले क्याम्पसबाट के पाएँ भन्दा पनि क्याम्पसलाई के दिन सकेँ भन्ने ब्यवहार गरेको भन्दै प्राध्यापक  बस्नेतको कार्यको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरे । 


कार्यक्रममा बोल्दै प्राध्यापक बिजयबाबु बस्नेतले आफुले क्याम्पसमा विद्यार्थीलाई उत्कृष्ट बनाउन ४५ मिनेटको कक्षाको लागि कम्तिमा ३ घण्टा तयारी गरेर मात्र पढाउने गरेको र जुनसुकै समयमा पनि क्याम्पसको भविष्य र विद्यार्थीको भविष्यको बारेमा छोच्ने गरेको बताए । वियोग, विदाई राम्रो कुरा नभए पनि नियतीको पाटोलाई सबैले स्वीकार्नु पर्ने बताउँदै आफुलाई क्याम्पस, विद्यार्थी र देश छोड्नु पर्दा दुख लागेको बताए । उनले आफु जहाँ भएपनि क्याम्पसको, आर्थिक, भौतिक, शैक्षिक लगायत जुनसुकै पाटोमा सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थी र प्राध्यापक हरुले देखाएको माया र सद्भावले आफुलाई मर्मा्हित बनाएको बताए ।


विद्यार्थीहरुको तर्फबाट आफ्ना भनाई राख्दै पालुङ क्याम्पसका स्ववियु सभापती मुकेश गोलेले भोलीको दिनमा असल प्राध्यापक को अभाव हुने बताए ।

प्राध्यापक  बिजयबाबु बस्नेतले विद्यार्थीहरुको लागि मिलनसार, सहयोगी, सल्लाहकार आदीको भूमिकामा रहेर शिक्षामा महत्वपूर्ण योगदान गरेको प्रति आभार प्रकट गरे ।


बिदाई कार्यक्रममा क्याम्पस परिवार, स्ववियु परिवार, बि.बि.एस.तेस्रो वर्षका विद्याथीहरु लगायत क्याम्पसमा सञ्चालित सबै तह र संकायका शिक्षक र विद्यार्थीहरुले मायाको चिनो प्रदान गर्दै खादा, माला र फुलले सम्मान गरिएको थियो ।


अनौपचारिक बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख रामहरि अधिकारी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य निरञ्जन अधिकारी, सहायक क्याम्पस प्रमुख दिपक विष्ट, प्राध्यापक  विजयबाबु बस्नेत, स्ववियु सभापती मुकेश गोले लगायतको अतिथ्यता रहेको थियो ।


प्राध्यापक  बिजयबाबु बस्नेतले वि.स. २०६७ साल देखि पालुङ क्याम्पसमा अध्यापन गराउँदै आएका दिए । उनी आफ्ना जीवन समृद्धिकोलागि बैदेशिक यात्राको क्रममा अमेरिका जान लागेका हुन् ।

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा...
P3-1542204996.jpg