Thursday, 18th October, 2018
वि.स.
subhakamana-1538193167.gif

१०० मा डायल गर्दै हुनुहुन्छ? होसियार, उल्टै पक्राउ पर्नुहोला !

 

काठमाडौँ : तपाईँ १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला। तपाई पक्राउ पर्न सक्नुहुन्छ। 

प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ। 

सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा फोन रेकर्डिङ गर्न थालिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक प्रताप सिंह थापाले जानकारी दिए। 

अब त्यस्तो फोन आए उनीहरुलाई पक्राउ गर्नेदेखि आवश्यक कारबाही समेत गरिने प्रहरीले जनाएको छ । 

लामो समय गफिँदा टेलिफोन लाइन व्यस्त हुने र कतिपय बेला दुर्घटना भएको खबर दिनसमेत पीडितले लामो समय कुर्नुपर्ने अवस्था हुन्थ्यो । प्रहरीलाई गोली चलेको, सडक दुर्घटना भएको भनी गलत सूचना दिने तर प्रहरी त्यस स्थानमा जाँदा केही नभेटिने समस्या समेत अब रोकिने प्रहरीले विश्वास लिएको छ। 

विशेषतः साँझपख १०० मा डायल गरेर पुरुषले महिला प्रहरीसँग गफिने, महिलाले पुरुष प्रहरीसँग गफिने र घन्टौ कुराकानी गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न रेकर्डिङ सुरु गरिएको हो। 

रेकर्डिङ हुन थालेपछि पछिल्लो समय १०० नम्बरको दुरुपयोग उल्लेख्य रुपमा घटेको आयुक्त थापाले जानकारी दिए। 

घटनापछिको संवेदनशील अवस्थाका कारण पीडितले सानो स्वरमा बोल्ने, उसले बोलेको नबुझिने, नम्बर, सङ्केत टिप्न नभ्याइने, र फोन गर्नेसँग दोहोरो संवाद हुन नसकेको अवस्थामा समेत रेकर्डिङ सुनेर पीडितको उद्धार गर्न अहिलेको पद्धतिले सहयोग गरेको आयुक्त थापाको भनाइ छ। 

उपत्यकामा १०० मा डायल गर्दा एकै पटक १६ जनाको फोन लिन मिल्ने व्यवस्था मिलाइएको छ । रासस




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई
नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर...
IMG_20181018_113817-1539842036.jpg
जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता...
Final-banda-2-1537416039.jpg
नगर प्रमुख विष्टले प्रदेश–३ को स्थायी राजधानी थाहानगरलाई प्रस्ताव गरेपछि सांसदहरुले के भने ?  
मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको...
IMGL0233-1539182292.JPG